फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको समानुपातिकतर्फ बन्दसूची पेश गरेका राजनीतिक दलका उम्मेदवार आफैँले वा उम्मेदवार उपस्थिति हुन नसकेको अवस्थामा वारेसले फिर्ता लिन पाउने व्यवस्था गरेको थियो ।
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको ९ औं वार्षिक साधारणसभाको बिहिवार बुटवलमा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले शान्ति सुरक्षा र लगानीको संरक्षण व्यवसायिक वातावरणको आधार भएको बताए ।
लकुद पुरस्कार कार्यक्रममा पोखरा एभेन्जर्सको यो पहललाई सकारात्मक रूपमा लिइएको सहभागीहरूले प्रतिक्रिया दिएका छन्। खेल र वातावरणलाई जोड्ने यस्तो प्रयासले युवा पुस्तामा चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।
प्रदेश लोक सेवा आयोग ऐन २०७६ को दफा ३ को उपदफा ७ बमोजिम आयोगका सदस्यले अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्ने प्रावधान छ । सोही अनुसार नवनियुक्त सदस्य तारा प्रसाद भुसाललाई अध्यक्ष बस्यालले पद तथा गोपनियताको सपथ गराएका थिए ।
प्रथम भएको डुडुवा गाउँपालिकालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारु, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठ, स्वास्थ्य निर्देशनालयका निर्देशक रोशन चौधरी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख सुनिता पौडेलले उत्कृष्ट प्रमाणपत्रसंगै सम्मान गरे । डुडुवा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सिताराम चौधरीलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो ।
कार्यक्रममा बाँके जिल्ला शिक्षा समन्वय इकाई प्रमुख धनसुधन चौलागाईंले शिक्षा क्षेत्रमा गुणस्तर ल्याउनु अहिलेको आवश्यकता भएको र यसका लागि निजी विद्यालयहरूको लगानीले उपलब्धि हासिल गरेको बताए । उनले अबका दिनमा व्यवहारिक तथा विद्यार्थीहरूको रुचि अनुसारको शिक्षा हुन आवश्यक रहेकोमा जोड दिए ।
चितवन खैरहनी नगरपालिका-६ स्थित कार्यालय स्थापना गरी एसएमसीएन एड्भर्टाइजिङ सर्भिस सेन्टर प्रालि (S.M.C.N. Advertising Service Center Pvt Ltd) नामक कम्पनीको आवरण प्रयोग गरी SMC Application को माध्यमबाट नेटवर्क विस्तार गरी ठगी गर्ने कार्यमा संलग्न उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोबाट खटिएको विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
वर्तमान समयमा अधिकांश विकसित मुलुकहरुले Visa प्रदान गर्नुपूर्व निजहरुको आपराधिक पृष्ठभूमि बुझेर मात्र Visa प्रदान गर्ने प्रावधान लागू गरेको साथै नेपालमा पनि सरकारी एवं निजि संघ सस्थाहरुले समेत रोजगारी लगायत विभिन्न प्रयोजनका लागि प्रहरी चारित्रिक प्रमाणपत्र अनिवार्य गरेका छन् ।
काभ्रे जिल्लाको प्राकृतिक सौन्दर्यले भरिपूर्ण भुम्लु गाउँपालिका वडा नं. ४ मा जन्मिएका तेम्बा तामाङ बुबा लालमन तामाङ र आमा सुखपति तामाङ का माइलो सन्तान हुन्। सामान्य किसान परिवारमा हुर्किएका तेम्बाको बाल्यकाल प्रकृति, अभाव र पारिवारिक मूल्य–मान्यताबीच बित्यो। सानैदेखि मेहनत, आत्मसम्मान र जिम्मेवारीको पाठ उनले घरमै सिके।
शैक्षिक परामर्श क्षेत्रका सकारात्मक, नकारात्मक दुवै पक्षलाई केलाएर समग्र व्यवसायीहरुको पक्षमा काम गर्न सक्ने क्षमताका एलबी तामाङले आफ्नो उम्मेदवारी समग्र इक्यानीयनहरुको साझा उम्मेदवारीका रुपमा अर्थाएका छन् ।











