१५ पुष, काठमाडौँ । निर्वाचन आयोगमा आउँदो प्रतिनिधिसभा सदस्य चुनावका लागि समानुपातिक प्रणाली तर्फको बन्दसूची पेश गरेका राजनीतिक दल र निर्वाचन चिह्नको विवरण सार्वजनिक भएको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले प्रेस विज्ञप्ति गर्दै कुल ६४ दलले सूची बुझाएकामा ५८ दलले ५८ निर्वाचन चिह्नमा उम्मेदवारी दिएका बताएका छन् ।
Advertisement
प्राप्त भएको बन्दसूची यही पुस १५ देखि २० गतेसम्म छानबिन गर्ने आयोगको कार्यतालिका रहेको छ ।




















टिप्पणीहरू