लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा बुधवार प्रदेशभर सार्वजनकि विदा दिएको छ । प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचना अनुसार प्रदेश स्थापना दिवसको अवसरमा लुम्बिनी प्रदेशमा सार्वजनिक विदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
सामुदायिक रेडियो प्रसारक संघ अकोराबका अध्यक्ष अर्जुन गिरीले नागरिकले हरेक सवालमा प्रश्न गर्न सक्नु नै नागरिकको जवाफदेहिता भएको बताए । उनले भने, “समुदायको आवाज सम्बन्धित ठाउँमा पुग्यो कि पुगेन, नागरिक समाजले भूमिका निभाउन सक्यो कि सकेन भन्ने विषय मिडियाले पनि उठान गर्न आवश्यक छ, जसले नागरिक समाजलाई अझ सबल बनाउन मद्दत पुर्याउँछ।”
२० माघ, काठमाडौँ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा सातौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (एनसिफ) २०२६ काठमाडौँमा सम्पन्न भएको छ । माघ १६ गतेदेखि तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा ३९ देशका ८५ चलचित्र प्रदर्शन गरिएका थिए। महोत्सवको समापन भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लबमा आयोजना गरिएको विशेष समारोहमार्फत गरिएको हो । समापन समारोहमा विभिन्न […]
ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन गरेका हुन । उक्त समारोहमा बरिष्ठ गायिका तथा प्राज्ञ संगीत राना प्रधान, संगीतकार जुगल डंगोल, संगीतकार भुपेन्द्र रायमाझी, गायक रत्न बेहोसी, गायक तथा समालोचक अमरराज शर्मा राजोपाध्याय, गायक जुजुकाजी रञ्जित, गायिका संगीता शाक्य, संगीतकार मनराजा नकर्मी, संचारकर्मी तथा गीतकार डब्बु क्षेत्री, चलचित्र निर्देशक माधब राज खरेल लगनयतका विशिष्ट व्यक्तित्वहरुको सहभागिता रहेको थियो । सानुबाबु
समानुपातिक निर्वाचन प्रणालीतर्फको दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ यसअघि सम्पन्न भइसकेको आयोगले जनाएको हो ।
हिन्दु मुस्लिम दुबैको आस्थाका साझा केन्द्रको रूपमा विकसित भएको मदारबाबा मेला यस वर्ष माघ २४ गते देखी शुरू हुने भएको छ । मेलाको आयोजक मदार बाबा मजार सरक्षण कमिटीले मेलाको तयारी तिब्र रूपले भई रहेको जनाएको छ ।
म्युजिक भिडियोको निर्देशन पनि प्रविन बज्राचार्यले नै गरेका छन्। छायाँकन अनिल र गोपालले सम्हालेका छन् भने भिडियोको सम्पादन तथा रंग संयोजन फ्यामिली क्रिएसन हाउसले गरेको छ । सोल्टिनी
नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई ठाउँमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।
आयोग अनुसार निर्वाचन आचारसंहिताको उल्लङ्घन हुनेगरी मिथ्या/भ्रमपूर्ण सूचना र घृणास्पद अभिव्यक्ति दिने व्यक्तिको निगरानी गर्न र गैरकानुनी कार्य गर्ने व्यक्ति तथा संस्थालाई नियामक निकायसँगको सहकार्यमा कानुनको दायरामा ल्याउन आयोगमा स्थापना गरिएको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्र अन्तर्गत सूचना सदाचार प्रवर्द्धन इकाई पूर्ण रूपमा क्रियाशील छ।










