१८ माघ, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल भ्रमणका लागि जापान जादैछन् । जापानको चार दिने भ्रमणको सिलसिलामा आज बिहान ११ बजे प्रस्थान गर्न लागेका हुन ।
नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन ।
Advertisement
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आज जापान प्रस्थान गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
राष्ट्रपति पौडेलको जापान भ्रमण माघ १८ देखि २१ गतेसम्म हुने छ ।



















टिप्पणीहरू