२३ पौष, बर्दिया । बर्दियाको बढैयातालबाट लागूऔषध सहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका–८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय १० मिलिग्राम सहित सोही गाउँपालिका–५ हलन चोक बस्ने १९ वर्षीय बिशाल विकलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । प्रहरी चौकी कालीकाबाट खटिएको प्रहरीले […]
१८ पौष, काठमाडौँ । अत्तरखेल स्थित नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय बनाउने सवालमा स्थानीय निकायका जनप्रतिनिधिसँग छलफल विमर्श गरिएको छ । कलेजका नवनियुक्त प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले मंगलबार गोकर्णेश्वर नगरपालिकाका प्रमुख, उपप्रमुख लगायतसँग छलफल विमर्श गरेका हुन । केही दिन अगाडी मात्रै कलेजको बोर्ड अफ डाइरेक्टरहरुको सामुहिक निर्णयबाट प्रबन्ध निर्देशक भएका प्रा.डा. […]
१३ पौष, नवलपरासी । महेशपुर सडक खण्डको परसियामा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं. ३ परसिया निवासी बिर्जु तेली गुप्ताले चलाएको यूपी ५६ एडी ३८२३ नम्बरको स्कुटरमा मल लिएर खेतमा जाने क्रममा अचानक चक्कर लागेर अनियन्त्रित भई बाटो छेउमा रहेको कुलोमा खस्न जादा घटनास्थलमै […]
७ पौष, बर्दिया । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शनिवार दिउँसो साढे १२ बजेको समयमा बारबर्दिया नगरपालिका वडा नं. ४, बैरियाका रामशंकर थारुको करिब ११ वर्षिय छोरा सुमित थारुलाई बबई नदिमा नुहाउन गएको अवस्थामा बाघको आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । जिरा सामुदायिक वन नजिकै पाटे बाघले आक्रमण […]
३० मंसिर, धनगढी । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनसन शुरु गरेका छन । कैलालीको गेटामा अवरोधको सामाना गरेपछि डा. गोविन्द केसीले शुक्रवार साझबाट धनगढीमा अनसन शरु गरेका छन् । शुक्रबार दिउँसो अनसनको घोषणा गरे लगत्तै साझ गेटामा अवस्थित प्रस्तावित मेडिकल कलेजमा पुगेका थिए । तर उनलाई स्थानीय वासिन्दाले […]
३० मंसिर, जाजरकोट । हालै कार्तिक १७ गते मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको बिनाशकारी भुकम्पबाट प्रभावित घरपरिवारलाई राहत सामग्री सहित श्रम सहयोग गरिएको छ । सहकर्मी समाज नेपाल र फास्टर्न एक्सनको सहकार्यमा जाजरकोटको भेरी नगरपालिका वडा नं. १ पिपे र ४ र रुकुम पश्चिमको सानोभेरी गाँउपालिकामा राहत सामग्री सहित श्रम सहयोग गरीएको हो । […]
२९ मंसिर, काठमाडौँ । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आजदेखि सत्याग्रह सुरु गर्ने भएका छन् । शुक्रबार डा. केसीले पत्रकार सम्मेलन मार्फत आज बेलुकी ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्न लागेको जानकारी गराए । सरकारले विगतमा पटक-पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै उनी सत्याग्रह सुरु गर्न लागेका हुन । सरकारी अस्पतालहरुमा मागअनुसार […]
२९ मंसिर, नारायणगढ । जिल्ला कारागार कार्यालय चितवनमा रहेका एक सय ११ कैदीबन्दी बिरामी भएको पाइएको छ । उनीहरु विभिन्न रोगबाट पीडित छन् । एक सय ११ मध्ये आधाभन्दा बढी कैदीबन्दी उच्च रक्तचापबाट पीडित छन् । अन्य जिल्लाबाट उपचारका लागि कैदीबन्दी चितवन पठाउने गरिएको कार्यालय प्रमुख कमलप्रसाद आचार्यले जानकारी दिएका छन् । ‘कारागारमा बिरामी कैदीबन्दीको […]
२९ मंसिर, धनुषा । धनुषाको सबैला नगरपालिका ९ कुसमहा सतोखरकी ६ वर्षीय बालिका राखी यादवको शव सतोखर पोखरी नजिक पानी जमेको खाल्डोमा नग्न अवस्थामा फेला परेको छ । उनी बुधबार साँझदेखि बेपत्ता थिइन । शवको प्रकृति हेर्दा बलात्कार गरी उनको हत्या गरिएको हुन सक्ने प्रहरीले जनाएको छ । शवको प्रकृतिले घटना शंकास्पद देखिएको तर पोस्टमार्टम […]
२३ मंसिर, रौतहट । रौतहटमा खेत जोतिरहेका एक किसानको करेन्ट लागेर मृत्यु भएको छ । शनिवार बिजुलीको तार चुँडिएर लाग्दा खेत जोत्दै गरेका माधव नारायण नगरपालिका-७ लौकाहाका ५५ वर्षीय बैजु पण्डितको मृत्यु भएको हो । खेत जोतिरहेका उनी माथि ११ केभी लाइनको बिजुलीको तार चुँडिएर खसेर लागेपछि उनको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीले जनाएको छ […]











