३० कात्तिक, काठमाडौँ । पेट्रोलियम पदार्थ डिजेल र मट्टितेलको मुल्य वृद्धि गरेको छ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मुल्य बढाएको हो । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँ सम्म पर्ने निगमले जनाएको हो । आज साँझ निगमको सञ्चालक समिति बैठकले बढाएको डिजेल र मट्टितेलको नयाँ मूल्य शनिबार […]
२९ कात्तिक, रुपन्देही । भैरहवा स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज एकैदिन चार वटा अन्तर्राष्ट्रिय उडान भएका छन् । काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि दैनिक १० घण्टा बन्द भएसँगै भैरहवामा उडान बढेको हो । आज कतार एअरवेज, जजिरा एअरलाइन्स, फ्लाई दुबई र थाई एअर एशियाको जहाजले भैरहवामा उडान गरेका हुन् ।
२१ कात्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ केजी ७ सय ग्राम सुन सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । एयर अरेबियाको विमानबाट युएईको शारजाह हदैँ काठमाडौं आएका एक जना चिनियाँ र दुई जना म्यान्माका नागरिकलाई पक्राउ गरेको हो । उनीहरुलाई मङ्गलबार साँझ पक्राउ गरेको सशस्त्र प्रहरी बल नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको […]
१२ कार्तिक, बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजना हुन लागेको बृहत ‘प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१’ लाई सफल पार्न नेपाल आदिवासी जनजाति महासंघका जातीय संगठनहरुले सामुहिक रुपमा सोमबार नेपालगन्ज बोैंद्द गुम्बमा एक कार्यक्रम गरि शुभ -दिपावली बिशेष शुभकामना आदन- प्रदान सम्पन्न भएको छ । नेपाल […]
११ कात्तिक, बाँके । नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति परिषद बाँकेको आयोजनामा हुन लागेको प्रथम कृषि पर्यटन प्रवद्र्धन तथा सांस्कृतिक महोत्सव एक्सपो २०८१ लाई सफल पार्न होटल व्यवसाय संघ बाँके र नेपाल आदिवासी जनजाति महासंघ बीच सहकार्य भएको छ । मंसिर ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा होटल व्यवसाय संघ बाँकेले प्रथम […]
६ कात्तिक, बाँके । बाँकेको राप्तीसोनारीबाट जुवातास खेलिरहेको अवस्थामा २० जनालाई प्रहरीले पक्राउ गरेको छ । राप्तिसोनारी गाउँपालिका-६ लक्ष्मिराजपुरबाट जुवातास खेलिरहेको अवस्थामा नेपालगञ्ज उपमहानगरपालिका-६ बस्ने ४१ वर्षीय मेघनाथ कुचबन्दिया समेत २० जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ९१ हजार […]
६ कार्तिक, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर लिंकगेट बाट बरिष्ठ प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलको कमाण्डमा खटिएको चेकिंग टोलीले २० लाख पचास हजार सहित मानिसहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लाई बुझाएको थियो। सोमवार साझ आठ बजे तिर कृष्णनगर न.पा.२ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको UP45AS6663 र UP42DT5721 […]
६ कात्तिक, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं १२ ठकुरापुर बाट अबैध रूपमा भित्रिदै गरेको करिब तीन हजार चल्ला सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म कृष्णनगरले नियन्त्रणमा लिएको छ। सशस्त्र प्रहरी सहायक निरिक्षक माधव प्रसाद घिमिरेको कमाण्डमा खटिएको सात जनाको गाडि मोबाइल टोलीले राति २ बजेको समयमा भारतबाट अबैध रूपमा भित्रिदै गरेको बोइलर कुखुराको चल्ला […]
१ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक अर्ब ७४ करोड ४७ लाख २७ हजार ६३४ रकम जम्मा भएको छ । असोज ३० गते सम्म यो रमक कोषमा दाखिला भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । सार्वजनिक विवरण अनुसार कोषमा संस्थागत एवं व्यक्तिगत रूपमा पनि रकम दाखिला भएको छ । असोज ३० […]
२४ असोज, बाँके । पश्चिम नेपालको व्यापारिक केन्द्रको रुपमा परिचीत नेपालगञ्जमा विगतको जस्तो व्यापार नहुदाँ चिन्ता उत्पन्न गरेको छ । चाडपर्वको बेला पनि नेपालगञ्जमा ग्राहकको सङ्ख्या भने पातलो छ । दशैँतिहार जस्ता चाडवाडमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य भएपनि यहाँको व्यापार सुक्दै गएको छ भने सीमावर्ती क्षेत्र भारत तर्फ रुपैँडिहामा थाम्न नसक्ने ग्रहकको भिड हुनेगरेको […]











