२४ असोज, बाँके । पश्चिम नेपालको व्यापारिक केन्द्रको रुपमा परिचीत नेपालगञ्जमा विगतको जस्तो व्यापार नहुदाँ चिन्ता उत्पन्न गरेको छ ।
चाडपर्वको बेला पनि नेपालगञ्जमा ग्राहकको सङ्ख्या भने पातलो छ । दशैँतिहार जस्ता चाडवाडमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य भएपनि यहाँको व्यापार सुक्दै गएको छ भने सीमावर्ती क्षेत्र भारत तर्फ रुपैँडिहामा थाम्न नसक्ने ग्रहकको भिड हुनेगरेको छ ।
Advertisement
कोभिडकाल पछि नेपालगञ्जको व्यापार सुक्दै गएको हो । कोभिडले स्वास्थ्यमा मात्रै नभई व्यापारमा समेत प्रत्यक्ष रुपमा प्रभाव पारेको यहाँका व्यापारीले बताउँछन । केही वर्ष यता विगत जस्तो राम्रो व्यापार नभएको व्यापारीको अनुभव छ ।
नेपाली बजार बिस्तारै धरासायी बन्दै गएको बेला सीमापारी रुपैँडिहाको व्यापार फस्टाउदैँ गएको छ । नेपाली ग्रहकको रोजाईमा रुपैडिहा पर्न थालेपछि यहाँका व्यापारी र राज्यका लागि चिन्ताको विषय बनेको छ ।
Advertisement
कुनै समयमा मुख्य बजार भन्दा नेपालगञ्जको न्यूरोडका व्यापारीले अत्याधिक व्यापार गर्ने गरेपनि अहिले अधिकांस सटर बन्द भएका छन भने कतिपय विदेश पलायन भएका छन । बजारमा आर्थिक मन्दीको प्रभाव तथा ग्राहकहरुको क्रय शक्ति कमजोर र सक्रिय उपभोक्ता विदेश पलायन भएकाले पनि विगतको तुलनामा व्यापारमा कमि आएको व्यवसायीहरुको भनाइ छ ।
चाडपर्वको समयमा बजारमा चहलपहल भएपनि तुल्नात्मक रुपमा पसलमा सुनसान छ । नेपालगञ्जको मुख्य बजार त्रिभुवन चोक, सदरलाईन, त्रिवेनीमोड, घरवारी टोल, न्यूरोडका सडकमा चहलपहल भएपनि पसलमा व्यापार छैन ।
Advertisement
दैनिक हजारौंको संख्यामा नेपालीहरु सीमापारी रुपँैडिहा दैनिक उपभोग वस्तु, खाद्यन्न, कपडा, तरकारी किनमेलका लागि रुपैडिहा पुग्ने गरेका छन ।
नेपाल सरकारको नीति, बैंकको ब्याज, घरभाडा वृद्धि तथा सरकारले लगाउने करमा वृद्धि भएकाले बजारमा सामानको मूल्य पनि विगतको तुलना वृद्धि भएको छ । जसका कारण उपभोक्ता सामान खरिद गर्नका लागि रुपैडिहा पुग्ने गरेका छन । नेपाली बजार भन्दा सीमापारीको बजार सस्तो छ ।
Advertisement
नेपाली बजारमा सुन पसल, रेस्टुरेन्ट, सेल लगायतमा मात्रै भीड देखिन्छ । यद्यापी यो नेपालगञ्जमा मात्रै नभई देशभरको अवस्था उस्तै छ । आर्थिक मन्दीका कारण उपभोक्ताले आफ्नो अत्यावश्यक उपभोग्य वस्तुलाई मात्रै प्राथमिकता दिनेगरेका छन ।
टिप्पणीहरू