Close sidebar
  • ताजा
  • लोकप्रिय
  • स्रोत नखुलेको बीस लाख पचास हजार भारतीय पैसा सहित पक्राउ

    ६ कार्तिक, कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर लिंकगेट बाट बरिष्ठ प्रहरी नायब निरिक्षक महेन्द्र पोख्रेलको कमाण्डमा खटिएको चेकिंग टोलीले २० लाख पचास हजार सहित मानिसहरु पक्राउ गरि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु लाई बुझाएको थियो।

    सोमवार साझ आठ बजे तिर कृष्णनगर न.पा.२ लिङ्गेट स्थित खटिएको प्रहरी चेकिङ टोलिले भारत बाट नेपाल तर्फ आउदै गरेको UP45AS6663 र UP42DT5721 नं.का भाडाका गाडिहरु चेकजाँच गर्दा UP45AS6663 नं.को गाडिमा सवार भई आएका भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३३ को सलमान कुरेसियाको झोला चेकजाँच गर्दा उक्त झोलामा रहेको नगद भा.रु.८,००,०००।- आठ लाख रहेको थियो।

    Advertisement

    अर्को UP42DT5721 नं.को भाडाको गाडिमा सवार भारत देश महाराष्ट्र प्रदेश राईगट जिल्ला मुंबाई सिटि बस्ने बर्ष ३९ का उमेश सखाराम खंडागलेको झोलाबाट नगद भा.रु.१२,५०,०००।- बारा लाख पचास हजार बरामद गरिएको थियो।

    जम्मा भारतीय रुपयां २०,५०,०००।- (बिस लाख पचास हजार) फेला परेको निजहरुलाई उक्त रकम सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको जानकारी जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक माेहनमणी अधिकारीले जानकारी दिएका छन्।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »