२५ कार्तिक, काठमाडौँ । आज कार्तिकृष्णपक्ष त्रयोदशी तिथि अर्थात् आजबाट सनातनीको दोस्रो ठूलो चाड तिहार सुरु भएको छ । आज कागको पूजा गरी तिहार मनाइदैँछ । सूचनाको संवाहक कागलाई पूजा गरेर दिन हो । आजको दिन बिहान हरेक घरमा कागलाई खान दिने चलन रहेको छ । यमराजले लोकको खबर कागका माध्यमबाट थाहा पाउने भएकाले कागलाई […]
२४ कार्तिक, बाँके । हिन्दु नेपालीहरुको अर्को ठूलो पर्व तिहार (दीपावली) पनि नजिकिएको छ । आज देखि यमपञ्चक सुरु भएको छ । यमपञ्चकको पहिलो दिन, आज धन त्रयोदशी अर्थात् धनतेरस मनाइँदैछ । दीपावलीको किनमेलका लागि धनतेरसलाई निकै उत्तम मानिन्छ । आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाइन्छ । विशेष गरी मिथिला क्षेत्रमा धातुका सामान किनेर […]
८ कार्तिक, बाँके । बाँकेको नेपालगञ्ज हुदैँ राप्ती पथमा पर्ने डुडुवा गाँउपालिका वडा नं. ४ स्थित सापुर्वामा किभा फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा ४ हजार बढीले प्रसाद ग्रहण गरेका छन । किभा फाउन्डेसनले संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गरेको छ । नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक भण्डारा कार्यक्रम गरेको हो […]
७ कार्तिक, बाँके । किभा फाउन्डेसनले आफ्नो संस्थाको सुरुवात दुर्गा माताको प्रसाद वितरण अर्थात भण्डाराबाट गर्ने भएको छ । बाँकेको नेपालगञ्ज-२१ मा स्थापना भएको किभा फाउन्डेसनले पहिलो पटक कार्यक्रम गर्दैछ । बडा दशैंको घटस्थापनाको दशौ दिन सम्म दुर्गा मुर्तीको पूजाअराधना गर्ने र ११ औं दिनमा मुर्ती विसर्जन गर्ने धार्मिक परम्परा सदियौं देखि चलिआएको छ । […]
७ कार्तिक, काठमाडौं । आज बडादसैँको मुख्य दिन विजयादशमी । यस दिन मान्यजनबाट टीका र जमरा तथा आशीर्वाद ग्रहण गरिन्छ । आज गुरु पुरोहित, हजुरबा, हजुरआमा, बा, आमा, मान्यजन तथा ठुलाबडाका हातबाट नव दुर्गाभवानीको प्रसाद टीका, जमरा थापी यश, ऐश्वर्य वृद्धि, काम गर्ने क्षमतामा वृद्धि, दीर्घायु एवम् उत्तर उत्तर प्रगतिको कामना होस् भनी आशीर्वाद लिइन्छ […]
६ कार्तिक, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवती (सिद्धिदात्री)को विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजा लगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित […]
३ कार्तिक, ढोरपाटन । केही वर्ष अगाडि सम्म दसैँ नजिकिएसँगै गाउँमाथिका डाँडा र चौतारामा थुप्रै लिङ्गे पिङ देखिन्थे । बाँसका बाला र बाबियोको लुठो बाटेर पिङ बनाउने समूह पनि धेरै हुन्थे । पिङमा गाउँका आफन्त, इष्टमित्र र कुटुम्ब जम्मा भएर रमाइले गर्ने प्रचलन थियो । वर्षौँदेखि टाढा रहेका आफन्तलाई पिङ भेट गराउने माध्यम बन्थ्यो । […]
३ कार्तिक, काठमाडौँ । हिन्दु समुदायका नेपालीहरुको महान चाँड वडा दशैँको आज छैठौं दिन पनि धुमधामले पूजाअर्चना गरी मनाइँदैछ । नवरात्रीको छैटौं दिन आज अष्टमातृका भगवतीको छैठौं शक्तिका रुपमा कात्यायिनी भगवतीको पुजाअर्चना गर्ने परम्परा रहेको छ । आजको दिनमा कात्यायिनी भगवतीको पुजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता संकट नाश भई मानिस प्रगति पथमा […]
२ कार्तिक, बाँके । नवरात्रको पाँचौं दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नेपाल तन्त्रात्मक वैदिक सनातन हिन्दु भूमि हो । पौराणिक र तान्त्रिक महत्त्वलाई दृष्टिगोचर गरी दुर्गा भवानीको कृपा तथा आशीर्वाद प्राप्त गर्नका लागि विजया दशमी पर्व मनाउने शास्त्रीय विधान सदीयौंदेखि रहिआएको छ । शुद्ध […]
संंजय कुशवाहा २ कार्तिक, नवलपरासी । प्रचार-प्रसारको कमी र सम्बन्धित निकायको ध्यान नपुग्दा मन्दिर ओझेलमा परेको छ । पश्चिम नवलपरासी जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्रतापपुर गाउँपालिका वडा न.६ पिपरपाती स्थितमा रहेको कोटही माता मन्दिर ऐतिहासिक र धार्मिक दृष्टिले महत्वपूणर् मानिन्छ । मानिसहरूले यस मन्दिरमा आएर भाकल गरी पूजापाठ गरे पछि भाकल पुरा हुन्छ जनविश्वास रहेको […]











