२३ बैशाख, कैलाली । कैलालीको भजनी र टिकापुरबाट स्रोत नखुलेको रकम सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
भजनी नगरपालिका–५ गुलरीया घाट भन्सार कार्यालय नजिकैबाट स्रोत नखुलेको नगद ८ लाख ९६ हजार ६ सय ६० रूपैयाँ सहित भारत उत्तर प्रदेश लख्खीमपुर खिरी तिकुनिया बस्ने ३२ वर्षीय अमन कुमार गर्गलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
इलाका प्रहरी कार्यालय पृथ्वीपुरबाट खटिएको प्रहरीले युपि ३२ एचएच ६७५३ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस्तै, टिकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने अर्मन चौधरीलाई स्रोत नखुलेको नगद ५ लाख ३१ हजार ४ सय भारतीय रूपैयाँ सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त नगद सहित पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिएर थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू