Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मौलिक संस्कृतिलाई आयआर्जन संग जोड्नेः मुख्यमन्त्री आचार्य

    २ माघ, दाङ । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा माघ मिलन कार्यक्रम सम्पन्न गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयले माघ मिलन कार्यक्रमको आयोजना गरेको हो ।

    थारु, मगर, नेवार लगायतका समुदायको सांस्कृतिक पहिचान झल्कने झाँकी सहित प्रदेश सरकारले भब्य रुपमा माघ मिलन कार्यक्रम गरेको छ । थारु समुदायको रैथाने खानाहरुको प्रबद्र्धन गरिएको छ । ढिक्रि, खरिया, बरिया, फुलौरी लगायतका परिकारहरु समेत पस्किएको छ ।

    Advertisement

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले माघ मिलन कार्यक्रमको उद्घाटन गर्दै मौलिक कला संस्कृतिको संरक्षण संगै त्यसलाई आय आर्जन संग जोड्नेगरी प्रदेश सरकारले कार्यक्रम बनाएको बताए ।

    ‘माघे संक्रान्ति तथा माघ साझा पर्व हो । लुम्बिनि प्रदेशमा भावनात्मक सम्बन्ध बलियो बनाउन र थप एकता कायम गर्न मद्दत गरेको छ’ मुख्यमन्त्री आचार्यले भने, ‘मौलिक कला संस्कृतिलाइ पर्यटन संग जोड्न जरुरी छ । कला संस्कृतिलाई पर्वमा मात्रै सिमित गर्ने होइन, अन्य दिनमा पनि संस्कृतिको संरक्षण र प्रबद्र्धन गर्न जरुरी छ ।’

    Advertisement

    प्रदेश सरकारले थारु तथा मगर समुदायको कला संस्कृतिको संरक्षण गर्दै आयआर्जन बढाउन होमस्टे सञ्चालनका लागि सिप हस्तान्तरण गर्ने बताए ।

    ‘हाम्रा कला संस्कृतिलाई जोगाउदै समुदायको आर्थिक आम्दानी संग जोड्न जरुरी छ । यसकालागि प्रदेश सरकारले होमस्टे सञ्चालनकालागि बजेटको व्यवस्था गरेको छ’ उनले भने, ‘समुदायको आर्थिक सशक्तिकरण नगर्दा सम्म समृद्धि र विकासको चाहना पुरा हुन सक्दैन । यसअर्थमा कला संस्कृतिको संरक्षण र प्रबद्र्धन जरुरी छ ।’

    Advertisement

    प्रदेशको विविधता आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने खालको भएकाले त्यसको प्रचारप्रसार गर्दै पर्यटक आवागमनलाई बढाउन जोड दिए । प्रदेश सरकारले मौलिक पर्वहरुलाई सम्मान गर्दै प्रबद्र्धनको नीति लिएको र सोही अनुरुप प्रदेश स्थापना भएदेखी माघ पर्वलाई भब्य रुपमा आयोजना गरिदै आएको जानकारी दिए ।

    आन्तरिक मामिला तथा कानून मन्त्री आदेशकुमार अग्रवालको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएका थियो । कार्यक्रमलाई सम्वोधन गर्दै सभामुख तुलाराम घर्तीमगरले माघ साझा पर्व भएकाले यसले मौलिक कला संस्कृती संरक्षणगर्न महत्वपूर्ण भूमिका खेलेको बताए ।

    Advertisement

    ‘पहिचानहरुको संरक्षण गर्न जरुरी छ । यसकालागि सभ्यता जोगाउन आवश्यक छ’ उनले भने, ‘प्रदेश सरकार स्थापनाभए देखी मौलिक कला संस्कृतिको संरक्षण गर्न तल्लिन छ ।’

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक इन्द्रजीत थारुले माघ पर्वले एक आपसमा भावनात्मक सम्बन्ध बलियो बनाउन भूमिका खेलेको बताए ।

    ‘मौलिक सांस्कृतिकले समुदायमा खुसि र उत्सव कायम गरेको छ, उनले भने, ‘कला संस्कृतिको संरक्षण गर्दै अव आर्थिक गतिविधिलाई बढाउन जरुरी छ ।’

    प्रदेश सभा सदस्य निमा गिरीले मौलिक कला संस्कृतिको सम्बद्र्धन सबैको साझा मुद्धा बनेको बताए । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव रेखा कँडेलको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण बरिष्ठ शाखा अधिकृत गंगाधर पाण्डेले गरेका थिए ।

    प्रदेश सरकारले माघ पर्वलाई सम्मान गर्दै प्रदेशभर आज सार्वजनिक विदा समेत दिएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »