Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा

    २ माघ, रुपन्देही । रुपन्देहीको देवदह नगरपालिकामा हुने दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेका छ ।

    माघ ३ गतेदेखि ५ गते तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिता केरवानी माध्यमिक विद्यालयको आतिथ्यमा हुने भएको हो । प्रतियोगिता देवदह पानबारी खेल मैदानमा हुने नगरपालिकाले जनाएको छ ।

    Advertisement

    प्रतियोगिता सम्पन्न गर्नका लागि भौतिक संरचना मर्मतको कामलाई तीव्रता दिएको देवदह नगरपालिकाका प्रवक्ता पगणेश डुम्रेले जानकारी दिए ।

    ‘पानबारी खेलमैदानमा भलिबल, कबड्डी, कराँते लगायतका खेल सम्पन्न गर्नका लागि ग्राउन्ड मर्मत तथा व्यवस्थापनको काम सम्पन्न भएको छ ।’ प्रवक्ता डुम्रेले भने, ‘बिहिवार औपचारिक उद्घाटनका लागि हामी तयारी अवस्थामा छौं ।’

    Advertisement

    प्रतियोगितामा देवदहका २७ विद्यालयले सहभागिता जनाउने केरवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक निर्मल ढुङ्गानाले जानकारी दिए ।

    प्रधानाध्यापक ढुङ्गानाले प्रतियोगितामा सहभागी हुने सबै खेलाडीहरूको स्वास्थ्य बिमा समेत गरिएको बताए।

    Advertisement

    राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गर्न सङ्घीय सशर्त अनुदानतर्फ बजेट नरहे पनि देवदह नगरपालिकाले आफ्नै आन्तरिक तर्फबाट ९ लाख रुपैयाँ विनियोजन गरेर कार्यक्रम सञ्चालन गरिरहेको हो ।

    प्रत्येक विद्यालयले आफ्नो विद्यालयका उत्कृष्ट खेलाडीहरूको छनोट गरी प्रतियोगितामा सहभागिता जनाउने तयारी गरिरहेका छन् । प्रतियोगिताबाट नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्य रहेको आयोजकको दावी छ ।

    Advertisement

    प्रतियोगितामा देवदहका २७ विद्यालयका एक हजार ततिन सय ४० इभेन्टको लागि चार सय ४० जना विद्यार्थीले प्रतिस्पर्धा गर्ने केरवानी माध्यमिक विद्यालयका शिक्षक खेमानन्द ज्ञवालीले जानकारी दिए । भलिबल र कबड्डी खेलको ट्राइसेट सार्वजनिक गरिएको शिक्षक ज्ञवालीले बताए ।

    रनिङ शिल्डको उद्घाटन र समापन सत्र विद्यालय प्राङ्गणमा हुने र खेलकुदका इभेन्टहरू पानबारी खेलमैदानमा हुने विद्यालयले जनाएको छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »