Close sidebar
  • ताजा
  • लोकप्रिय
  • आशिका तामाङ पक्राउ

    २ माघ, काठमाडौँ । पछिल्लो समय आफूलाई सामाजिक अभियन्ताका रुपमा दावी गर्ने आशिका तामाङ पक्राउ परेकी छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

    अभद्र व्यवहार मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लिएर प्रहरीले पक्राउ गरेर उनलाई प्रहरी वृत्त गौशालामा राखिएको प्रहरीले जनाएको हो ।

    Advertisement

    पुस २६ गते पशुपति क्षेत्र विकास कोषले आशिका विरुद्ध प्रहरी वृत्त गौशालामा जाहेरी दिएको थियो । उक्त जाहेरीको आधारमा प्रहरी वृत्त गौशालाले अनुसन्धान गर्ने क्रममा पुस २८ गते अभद्र व्यवहार कसुर शीर्षकमा जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति लिएको थियो ।

    उनलाई बुधबार स्वयम्भू क्षेत्रबाट जिल्ला प्रहरी परिसर काठमाडौं तथा गौशाला वृत्तको समन्वयमा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »