३१ असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम आज चौथो दिन पनि जारी छ ।
गत असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका थिए ।
Advertisement
चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो जाँदा दुवै बस त्रिशूलीमा खसेका हुन् । दुर्घटना भएको दिन देखि दैनिक खोजी भइरहेको छ । तर पनि यात्रु सहित नदीमा हराइरहेका दुवै बस अझै फेला पर्न सकेका छैनन् ।
दुवै बसमा गरेर ६५ जना यात्रु रहेका शनिवार पुष्टि भएको हो । जस मध्ये १२ जनाको शव फेला परेको छ । भेटिएका १२ वटा शव मध्ये पाँच जनाको सनाखत भइसकेको छ भने सात जनाको सनाखत हुन बाँकी छ ।
Advertisement
खोजी क्रममा आज पनि जारी छ । यसैबीच, सरकारले दुई बससँगै हराइरहेका यात्रुहरूको खोजीका लागि भारत र बंगलादेश सँग सहयोग मागेको छ ।
गृहसचिव एकनारायण अर्याल सहितको टोलीले शनिवार सिमलताल क्षेत्रको स्थलगत अनुगमन गरेर फर्किएपछि गृह मन्त्रालयले भारत र बंगलादेशका अधिकारीहरु सँग सम्पर्क गरी सहयोग माग गरेको बुझिएको छ ।
टिप्पणीहरू