३१ असार, काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान ११ बजे पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ ।
Advertisement
एमाले अध्यक्ष ओलीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार साँझ मुलुकको ४५ औँ प्रधानमन्त्री नियुक्त गरेका थिए ।
Advertisement
७३ वर्षीय ओली संसदको सबैभन्दा ठूलो दल कांग्रेसको समर्थनमा संविधानको धारा ७६ (२) बमोजिम चौथोपटक मुलुकको कार्यकारी प्रमुख बनेका हुन् ।
Advertisement
टिप्पणीहरू