Close sidebar
  • ताजा
  • लोकप्रिय
  • त्रिशूलीमा बेपत्ता २ बसको खोजी तेस्रो दिन पनि जारी

    Nepalpress

    ३० असार, काठमाडौँ । नारायणगढ-मुग्लिन सडक अन्तर्गत सिमलतालबाट पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता दुई यात्रुवाहक बस खोज्ने क्रम आज तेस्रो दिन पनि जारी छ ।

     

    Advertisement

    गत असार २८ गते काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको बस त्रिशूलीमा खसेका थिए ।

     

    Advertisement

    चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा पहिरो जाँदा दुवै बस त्रिशूलीमा खसेका हुन् । दुर्घटना भएको दिन देखि दैनिक खोजी भइरहेको छ । तर पनि यात्रु सहित नदीमा हराइरहेका दुवै बस अझै फेला पर्न सकेका छैनन् ।

    दुवै बसमा गरेर ५१ जना यात्रु थिए । जस मध्ये ३ जनाको शनिवार शव फेला परेको थियो । भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ ।

    Advertisement

    पश्चिम चितवनको भरतपुर महानगरपालिका-२८ मा आज एक पुरुषको शव भेटिएको छ । नारायणी नदीको टापुमा अन्दाजी ३०/३५ वर्षको पुरुषको शव फेला परेको बुझिएको छ ।

    खोजी क्रममा आज पनि जारी छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »