Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविना माथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय : बालेन सचिवालय

    १७ भदौ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को स्वकीय सचिवालयले श्रीमती सविना काफ्लेले सरकारी सवारी साधन उपयोग गरेको विषय सँग जोडेर प्रकाशन र प्रसारण भएका समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ ।

    आइतबार विज्ञप्ति जारी गर्दै सचिवालयले सरकारी सवारी साधन उपयोगको विषय सँग जोडेर प्रकाशन र प्रसारण भएका समाचार प्रति ध्यानाकर्षण भएको जनाएको हो ।

    Advertisement

    विज्ञप्तिमा सुत्केरी अवस्थामा रहेकी सविनाको स्वास्थ्यमा शनिबार बेलुका एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएको र सोही क्रममा स्वास्थ्य परीक्षणका लागि सरकारी गाडी प्रयोग गरेको जनाइएको छ । सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडीको प्रयोग गरिएको विज्ञप्तिमा उल्लेख छ ।

    शनिबार राति फेसबुक मार्फत मेयर बालेनले महानगरपालिकाको गाडी रोके सिंहदरबारमा आगो लगाउने चेतावनी दिएका थिए । अराजक अभिव्यक्ति दिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि मेयर बालेनको सचिवालयले विज्ञप्ति जारी गरेको हो ।

    Advertisement

    विज्ञप्ति अनुसार नवजात शिशुलाई हाल मेडिसिटी अस्पतालको एनआईसीयूमा भर्ना गरिएको छ । स्वास्थ्य परीक्षणका साथै शिशुलाई स्तनपान गराएर घर फर्किने क्रममा सविना चढेको सरकारी गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले रोकेको थियो । त्यस क्रममा प्रहरीले दुर्व्यवहार गरेको विज्ञप्तिमा जनाइएको छ ।

    विज्ञप्तिमा प्रसव पीडा र शारीरिक समस्यामा रहेकी सविनामाथि प्रहरीबाट भएको व्यवहार असभ्य र निन्दीय रहेको जनाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »