Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नेपालगंज १८ मा अमृता थापा शेखको नेतृत्वमा ३३ सदस्यीय महिला समिति चयन

    १७ भदौ, बाँके । नेपालगंज उपमहानगरपालिका वडा नं. १८ मा वडा स्तरीय महिला जनमत संघ गठन भएको छ ।

    एक कार्यक्रम बीच जनमत पार्टीले अमृता थापा शेखको नेतृत्वमा ३३ सदस्यीय समिति चयन गरेको प्रमुख अतिथि एवं नगर अध्यक्ष शुभम गुप्ताले जानकारी गराए ।

    Advertisement

    जनमत महिला संघ बाँकेकी अध्यक्ष रेखा झाको अगुवाईमा उक्त वडा स्तरीय कमिटी गठन भएको हो ।

    उनले गठित नेतृत्वलाई शुभकामना दिदै आगामी दिनमा अन्य वडाहरुमा पनि जनमतलाई बिस्तार गर्ने बताईन ।

    Advertisement

    उनले भनिन, ‘आगामी दिनमा महिला जनमतलाई अझ बिस्तार गर्दै घर घर सम्म पुर्यानउने जिम्मेवारी हामी सबैको रहेको छ ।’

    यस्तै, प्रमुख अतिथि गुप्ताले समितिमा चयन भएका नेतृत्वलाई शुभकामना दिदै जनमतलाई टोलटोल सम्म पुर्याउने निर्देशन समेर दिए ।

    Advertisement

    सोही कार्यक्रम पश्चात विभिन्न पार्टी परित्याग गरि करिब एक दर्जन बढि महिला जनमतमा प्रवेश गरेको अध्यक्ष झाले जानकारी दिईन ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »