२२ जेठ, काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाले अम्बाथान स्थित आयोजना स्थलको वैकल्पिक प्रणालीको ‘गेट’ मर्मत गरेको छ ।
मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा र धमिला पानी हुँदा पनि काठमाडौं उपत्यकामा पानी नियमित ल्याउनका लागि मर्मत गरिएको मेलम्ची खानपानी विकास समितिले जनाएको छ । प्रणाली अन्तर्गत गेट नम्बर १ ले पानी सुरुङको भित्र पठाउने, गेट नम्बर ९ फल्स गर्ने समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
Advertisement
उनले भने, ‘गेट नम्बर ९ ले गर्दा धमिलो पानी सुरुङ भित्र पस्न पाउँदैन ।’
आयोजना अन्तर्गत वैकल्पिक प्रणाली अन्तर्गतका गेट मर्मतका लागि १० दिनसम्म बन्द गरिएको थियो । पानी पथान्तरणको काम ‘हेडबर्क’ ले गर्ने भए पनि सम्पन्न नहुँदै क्षतिग्रस्त भएकाले वैकल्पिक प्रणलीमार्फत पथान्तरण भइरहेको छ ।
Advertisement
गत मंगलवार देखि उपत्यकामा पानी पुनः ल्याउन थालिएको थियो । गेटको मर्मतका लागि बन्द गरिएको र एकै पटक धेरै परिमाणमा पठाउन नहुने भएकाले विस्तारै बढाउँदै लगिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए ।
उनले भने, ‘शुरूमा एकतिहाइ र त्यसपछि दुई तिहाइ गर्दै पूरा क्षमतामा पानी ल्याउने गरी मिलाइएको छ ।’

















टिप्पणीहरू