संजय कुशवाहा
२२ जेठ, नवलपरासी । पश्चिम नवलपरासीमा प्रहरीले भारतबाट नेपालतर्फ ल्याउदै गरेको करिब ३ लाख ४० हजार मुल्य बराबरको चाँदी प्रहरीले बरामद गरेको छ ।
सोमबार बिहान पाल्हिनन्दन गाउँपालिका वडा न.४ लोहरौली स्थित विशेष सुचनाको आधारमा प्रहरी चौकी ग्रेमीबाट प्र.स.नि. खिमानन्द पराजुलीको कमाण्डमा खटिएको ३ जनाको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेको छिमेकी राष्ट्रिय भारतका जिल्ला महाराजगंज थाना निचलौल बस्ने वर्ष ५३ को दिलिप बर्मालाई प्रहरीको शंका लागी चेक जांच गर्ने क्रममा बर्माको साथबाट अबैध चम्चा, कटौरा र पाउजु लगायतका चाँदी जस्तो देखिने धातुजन्य पदार्थ २७५० ग्राम फेला पारी मानिस सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।
Advertisement
बरामद चाँदी र मानिस आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।
















टिप्पणीहरू