१३ चैत, बाँके । बहु बिवाह मुद्दाको फरार रहेका बाँकेको नरैनापुरका प्रतिवादी पक्राउ परेका छन ।
सम्मानित बाँके जिल्ला अदालतको गत असार १६ गतेको फैसलाले बाँकेको नरैनापुर गाँउपालिका वडा नं. ६ का ४३ वर्षिय हुकुम बहादुर खड्कालाई सजाय तोकेको थियो ।
Advertisement
तर उनी हालसम्म फरार रहेकोले जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले आज पक्राउ गरेको बाँके प्रहरीका सूचना अधिकारी रामबहादुर धर्ती मगरले जानकारी दिए ।
उनलाई पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको हो ।
Advertisement
बहु बिवाह मुद्दामा खड्कालाई अदालतले १ बर्ष २ महिना ७ दिन कैद सजाय तोकेको प्रहरीले बताएको छ ।

















टिप्पणीहरू