१३ बैशाख, काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४-२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यहि बैशाख २२ गते पोखरामा आयोजना हुने डिष्ट्रिक्ट ३२५ ‘एल’ का दोस्रो महाधिवेशनमा उनी चुनिने छन् । श्रेष्ठलाई उनको मातृ क्लब लायन्स क्लब […]
११ बैशाख, काठमाडौँ । मिथिला चित्रकार रन्जु यादवको एकल चित्रकला प्रदर्शनी जर्मनीको फ्रयान्कफर्ट सहरमा शनिबार सम्पन्न भएको छ । आफ्नो बहुदेशीय एकल चित्रकला प्रदर्शनीका लागि राष्ट्रिय ललितकला पुरस्कार विजेता यादव अहिले ३३ दिवसीय युरोप कला यात्रामा छन । उनले युरोपका जम्मा चार वटा देशको भ्रमण गर्नु हुनेछ भने तीन देशमा एकल चित्रकला प्रदर्शनी गर्ने कार्यक्रम […]
११ बैशाख, काठमाडौँ । सृष्टिको उत्पत्ति केन्द्र, मुन्दुमको प्राण, साल्पा-सिलिचुङ क्षेत्र तथा पर्यटकीयस्थल सिलिचुङमा किराती पूर्खा ‘सुम्निमा-पारुहाङ’ को प्रतिमा स्थापना गरिएको छ । साथै साल्पा पोखरी छेउमा नछुङ (धामी) को प्रतिमा स्थापना गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा रहेको सिचिलुङमा सुम्निमा र पारुहाङ तथा साल्पा पोखरीमा नछुङको प्रतिमासमेत स्थापना गरिएको छ । […]
१० बैशाख, काठमाडौं । अश्लिल गतिविधि सार्वजनिक गरीदिने भनि ब्ल्याकमेल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली तीनपाटन गाउँपालिका- ८ ठेगाना भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३६ वर्षीय कमल प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । पाथीभरा माता नाम गरेको फेक फेसबुक मार्फत रोजगारीका लागि फिजिकल फिटनेसको जाँच गर्नुपर्ने […]
१० बैशाख, बाँके । नेपाल शिक्षक संघ नेपालगञ्जको कार्यसमिति सदस्य अम्बिका पाठक नगरसमितिको अध्यक्ष चयन गर्ने विषयमा बसेको बैठकमा बस्न पाईनन् । संघको आज रानीतलाब स्थित महेन्द्र मा.वि.मा बसेको पदाधिकारीको बैठकमा पाठकलाई सहभागी हुन नदिएपछि आफ्नो अधिकार हनन् भएको बताएकी छन । हनुमान आधारभूत विद्यालय जमुनाहको शिक्षक रहेकी पाठकले आफु समितिको सदस्य हुदाँ हुदैँ समितिका […]
९ बैशाख, बाँके । गौबद्ध मुद्दामा बाँकेका फरार प्रतिवादी पक्राउ परेका छन । बाँके जिल्ला अदालतको २०७९ चैत्र २ गतेको फैसलाले नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ थुकैलाका ४४ वर्षीय सलाउद्धिन जोलाहलाई गौबद्ध मुद्दामा ५ महिना ८ दिन कैद तोकिएको थियो । तर सलाउद्धिन जोलाह भने हाल सम्म फरार रहेका थिए । उनलाई जिल्ला प्रहरी कार्यालय […]
८ बैशाख, बाँके । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २१ को सडक पुर्वाधारमा पछाडि परेको क्षेत्र झगरपुर सम्म ग्रेभल सडक निर्माण भएको छ । वर्षौ देखि यस क्षेत्रमा सडक पुर्वाधारको समस्या थियो । सडकमा ग्रेभल र माटो पटान गरेर पिच जस्तै मर्मत गरेपछि यहाँका स्थानीय खुसी भएका छन । ४० लाखको लागतमा निर्माण भएको ग्रेभल […]
८ बैशाख, सिरहा । सिरहाको लहानमा सञ्चालित लहान एक्स्पो महोत्सव बारे व्यापक जनगुनासोहरु आउन थालेका छन् । ‘समृद्धिको आधार, कृषि, पर्यटन उद्योग र व्यापार’ भन्ने मूल नाराका साथ जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाले आयोजना गरेको लहान एक्स्पो महोत्सवमा स्थानीय उत्पादन, कृषि जन्य घरेलु उत्पादन, साना व्यवसायीलाई पाखा, ठुला व्यव्सयीलाई प्राथमिकता, स्टल शुल्क, प्रवेश शुल्क, […]
८ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै काठमाण्डौ महानगरपालिकाले जरिवाना तिर्न पत्र पठाएको छ । महानगरले शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाएको हो । पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना वैङ्क दाखिला गर्न पत्र पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा […]
८ बैशाख, संखुवासभा । संखुवासभाको सभापोखरी गाँउपालिका-३ एथुम्बु स्थितमा भाईको कुटपिटबाट दाजुको मृत्यु भएको छ । शुक्रबार अपरान्ह ५ बजे स्थानीय ४१ बर्षीय सनमान राई (बोल्न नसक्ने) लाई सामान्य घरायसी बिवादको क्रममा निजको भाई ३८ बर्षीय प्रविन राईले कुटपिट गर्दा घाईते भएका उनको सोहि दिन बेलुका साढे ८ बजे आफ्नै घरमा मृत्यु भएको थियो । […]











