Close sidebar
  • ताजा
  • लोकप्रिय
  • माओवादी, नेकपा एस सहित ८ दल बीच पार्टी एकताको लागि १८ बुँदे सहमतिमा हस्ताक्षर

    १७ कार्तिक, काठमाडौँ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहित ८ राजनीतिक दल बीच पार्टी एकताका लागि १८ बुँदे सहमति भएको छ ।

    नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी, नेपाल कम्युनिस्ट पाटी (नेकपा माओवादी–समाजवादी), नेकपा (साम्यवादी) र नेकपा बीच पार्टी एकताका लागि सहमति भएको हो ।

    Advertisement

    पार्टीको नाम टुंगो नलागे पनि चुनाव चिन्ह पाँचकुने तारा रहने र पार्टीको मार्गनिर्देशक सिद्धान्त मार्क्सवाद–लेनिनवाद हुने गरी सहमति भएको सहमतिपत्रमा उल्लेख छ ।

    पार्टीको एकता राष्ट्रिय सम्मेलन एकता प्रकृयामा सहभागी सबै घटकहरूका केन्द्रीय समितिहरूको संयुक्त भेलाको रूपमा एकता राष्ट्रिय सम्मेलनको आयोजना २०८२ कात्तिक १९ गते गरिने सहमतिपत्रमा उल्लेख छ ।

    Advertisement

    यस्तो छ सहमति पत्रः

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »