२९ असोज, काठमाडौँ । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले जितेन्द्र प्रसाद सोनार (सोनल) लाई प्रदेशको नयाँ मुख्यमन्त्रीमा नियुक्त गरेकी छन् ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता सोनललाई नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
Advertisement
प्रमुख भण्डारीले उनलाई ५ दलीय गठबन्धनको समर्थनमा सोनललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।
लोसपा सहित जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)को समर्थनमा उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए ।

















टिप्पणीहरू