सहकारीमा बचत फिर्तालाई मात्र जोड दिएका अवस्था छ ऋण लिएकाहरुलाई पनि समयमै यसलाई फिर्ता गर्न सहकारीमा आवद्ध सदस्यहरुले नै पहल गरे सहकारीमा कुनै समस्यमा छैन । सहकारी सम्बन्धी जुन प्रकारका् भ्रम छ त्यो हटाउनको लागि राज्य स्तरबाटै लाग्नु पर्छ स्वय सहकारी कर्मीहरु पनि लाग्न सकेको खण्डमा सहकारी बास्तबमा देशको अर्थतन्त्रको एउटा खम्बा बन्न सक्छ ।
अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा र गैरबैंकिङ सम्पत्ति व्यवस्थापन गर्न उक्त कम्पनी स्थापना गरिने घोषणा गरेका हुन् । यद्यपि यो अवधारणा नयाँ होइन । अघिल्ला सरकारका नीति तथा कार्यक्रमहरूमा पनि यसबारे चर्चा गरिएको थियो । त्यतिमात्र होइन रामेश्वर खनालको नेतृत्वमा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले समेत गैरबैंकिङ सम्पत्तिको संकट गहिरिँदै गएकाले दीर्घकालीन समाधानस्वरूप सम्पत्ति व्यवस्थापन कम्पनी गठन गर्नुपर्ने सिफारिस गरेको थियो ।
१. तपाईं किन राजतन्त्रलाई समर्थन गर्नुहुन्छ ? म राजतन्त्रलाई समर्थन गर्छु किनभने नेपालमा राजसंस्था मात्रै यस्तो संस्था हो, जसले देशमा स्थिरता, राष्ट्रिय एकता, र सुशासन कायम गर्न सक्छ । लोकतान्त्रिक व्यवस्था आएपछि नेपालमा बारम्बार सरकार परिवर्तन भएको छ, जसका कारण दीर्घकालीन विकासको खाका नै बन्न सकेको छैन । राजसंस्थाको पालामा नीति स्थिर थियो, सरकार निरन्तरता […]
परीक्षा तनावपूर्ण हुन सक्छ, तर सही तरिकाले अध्ययन गर्दा विद्यार्थीहरुलाई निकै राम्रो उपलब्धि प्राप्त गर्न सहयोग मिल्छ । परीक्षामा उत्कृष्ट प्रदर्शन गर्न र तनाव कम गर्न विद्यार्थीहरूले योजना, संगठन, र स्मार्ट अध्ययन प्रविधिहरूलाई अपनाउँदा राम्रो हुन्छ।
सेना भन्नासाथ युद्धमै होमिनुपर्छ भन्ने मानसिकता पनि ठीक होइन, तर आइपर्दा परिस्थितिको सामना गर्न सक्ने सबल सेना हुनु उत्ति नै आवश्यक छ । सक्षम र सबल सैन्य शक्तिले ‘दुस्मन’हरूका विरुद्ध ‘डिटरेन्स’को रूपमा काम गर्छ, जसले गर्दा अनावश्यक द्वन्द्वबाट देश र जनता सुरक्षित रहन्छन् ।
यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको/पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’ जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण […]
नियमक निकार्यले सहकारीमा बचत गर्नेहरुको बचत फिर्ता गर्नुपर्ने एकसरो मागलाई सम्बोधन हुनेगरी आफ्ना गतिविधिहरुलाई केन्द्रीत गरेको छ । कारबाहीको सिफारिस गर्यो अनि सहकारीका सञ्चालकलाई पक्राउ गरेर उनीहरुलाई कारागार पठाएपछि हाम्रो दायित्व पुराभयो जस्तो गरि गतिविधि गरिरहेका छन । सहकारीले सदस्यबाट रकम जम्मा गरेर सदस्यहरुलाई नै लगानी गर्ने हो त्यसले नियामक निकायले त सहकारीलाई सहजीकरण गरिदिने […]
सिङ्गो पहाड नै मन्दिर, गुम्बा, चर्च र मस्जिद बनेर आसान सँग मिलेर बसेका छन् प्रकृतिले त कुनै धर्म, जातजाती, लिङ्ग र वर्ग बीच भेदभाव र विभेद गरेको छैन । उपल्लो मुस्ताङ्गमा दैनिक तीन देखि चार हजार खर्च गर्दा बस्न सकिने रहेछ । त्यहाँका स्थानीयले स्थानीय भाषा र पोषकको संरक्षण, एकिकृत बस्ती, सामुहिकतामा बिश्वास गरेको देख्दा […]
पुष्प बिष्ट ‘गोर्खाली’ मानिस चेतनशील र विवेकशील प्राणी हो । उसमा चेतना र विवेक जस्ता अलौकिक गुणहरु भएकाले नै ऊ अरु प्राणीभन्दा माथि उठ्न सफल भएको छ । यस्ता चेतनाले युक्त मानिस पशुजस्तै जंगलमा भिन्न र अलग्गिएर बस्न सक्दैन । त्यसैले, सबै मानिसहरु एउटा सीमित परिवेशमा मिलेर बस्ने गर्छन्, जसलाई हामी समाज भन्छौँ । वास्तवमा […]
२३ माघ, काठमाडौँ । उच्च शिक्षाका लागि यूके, यूएसए जाने विद्यार्थीहरुले त्यहाँका कलेज र विश्वविद्यालयबाट छात्रवृत्तिहरु पाउने वातावरण रहेको छ । ब्याचलर वा मास्टर्स गर्न यूके, यूएसए जाने नेपाली विद्यार्थीहरुलाई त्यहाँका राम्रा विश्वविद्यालय र कलेजले आकर्षक छात्रवृत्तिहरु दिनसक्ने छन् । विगत डेढ दशकदेखि अध्ययन गर्न विदेश गइरहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श गराउँदै आइरहेका क्याम्ब्रिजका संस्थापक निर्देशक […]










