Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शिखनपुरुवाबाट फरार प्रतिवादीलाई नियन्त्रण लिने क्रममा ३ राउण्ड गोली प्रहार

    २० असार, बाँके । बाँकेको डुडुवा गाँउपालिका-६ शिखनपुरुवाबाट प्रतिवादीलाई पक्राउ गर्ने क्रममा ३ राउण्ड गोली चलाएको छ ।

    डाँका चोरी मुद्दामा जिल्ला अदालत बाँकेको २०७० साल असार १८ गतेको फैसलाले ६ बर्ष कैद र बारा हजार जरिवाना तोकेका सरमान सिंह सरदारलाई आज बिहान करिब साढे ८ बजेको समयमा प्रहरीले नियन्त्रण लिने क्रममा स्थानीयले अवरोध गरेका थिए ।

    Advertisement

    जिल्ला प्रहरी कार्यालय बाँके र ईलाका प्रहरी कार्यालय हरमिनियाबाट खटिएको प्रहरी टोलीले सरदारलाई नियन्त्रणमा लिएर ल्याउने क्रममा एक्कासी स्थानियबासीहरुले अबरोध गरी ढुङगामुडा सहित अक्रमण गर्दा प्रतिवादीलाई प्रहरी नियन्त्रणबाट समेत खोसेका प्रहरी प्रवक्ता एवं डिएसपी नारायण डाँगीले जानकारी गराए ।

    प्रहरीले जवाफी कारवाहीमा स्थितिलाई नियन्त्रणमा लिन र प्रतिवादीलाई पक्राउ गर्न तीन राउण्ड गोली फायर गरेको सूचना अधिकारी डाँगीले बताए ।

    Advertisement

    जवाफी कारवाही क्रममा ई.प्र.का. हिरमिनियामा कार्यरत प्र.ब. ह. मदन डाँगीको टाउकोमा र बाँया हातमा चोट लागेर घाईते भएका छन ।

    प्रहरीको हतियार खोस्न प्रहरी माथिनै जाईलाग्ने शिखनपुरुवाका ३० वर्षीया नानक सिंह शिखको दायाँ खुट्टाको साप्रामा गोली लागेको प्रहरीले जनाएको छ ।

    Advertisement

    झडपकै क्रममा फरार प्रतिवादीलाई नौ बजेको समयमा करिब आधा घण्टा पछी नियन्त्रणमा लिईएको प्रहरीको भनाई छ । उनलाई नियन्त्रण लिने क्रममा दाहिने घुडामा एक राउण्ड गोली लागेको छ ।

    घाईते प्रहरी सहित तिनै जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »