Close sidebar
  • ताजा
  • लोकप्रिय
  • रास्वपाले गर्यो महामन्त्री डा.मुकुल ढकाललाई निलम्बन

    २० असार, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एंव प्रवक्ता डा. मुकुल ढकाललाई निलम्बन गरेको छ । उनलाई रास्वपाले ७ दिनका लागि महामन्त्री तथा प्रवक्ताबाट निलम्बन गरेको जनाएको छ ।

    बुधबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकले ढकाललाई निलम्बन गर्दै कार्यवाहक महामन्त्रीको जिम्मेवारी कवीन्द्र बुर्लाकोटीलाई दिएको छ ।

    Advertisement

    पार्टीको अनुशासन र विधिको पालना नगरेको जनाउदैँ महामन्त्री ढकाललाई निलम्बन गरेको बैठकपछि सार्वजनिक निणर्यमा उल्लेख गरिएको छ ।

    महामन्त्री ढकालले बुधबार बसेको केन्द्रीय समिति बैठकको लाइभ गर्न भनेका थिए तर अधिकांश उपस्थित केन्द्रीय सदस्यले बैठकको लाइभ नगर्न भनेपछि उनले मुखमा पट्टी बाँधेर बैठकमा विरोध जनाएका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »