१३ जेठ, चितवन । नेकपा (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली कांग्रेस सहमतिमा आउन नमाने वैकल्पिक व्यवस्थाबाट संसद सञ्चालन गरेर जाने बताएका छन ।
नेकपा (एमाले) चितवनको ११औं जिल्ला अधिवेशनको शनिवार भरतपुरमा उद्घाटन गर्दै उनले आफूलाई लोकतान्त्रिक पार्टी भन्ने काँग्रेसले सदन अवरुद्ध गर्ने काम उचित नभएको बताए । संसदीय छानविन समिति बनाउन माग गरेको कांग्रेसले सहमति नगरेर हलो अड्काएको उपाध्यक्ष पौडेलले जिकिर गरे ।
Advertisement
प्रतिपक्षमा वस्नु परेको पीडाले कांग्रेस आत्तिएको भन्दै उनले कांग्रेसलाई सरकार बाहिर बस्दाको अनुभव सँगाल्न आग्रह गरे ।
उपाध्यक्ष पौडेलले भने, ‘आउँदो निर्वाचनसम्म प्रतिपक्षमा राखेरै सत्ता गठवन्धनले चुनाब गराउने छ । सदनमा कांग्रेसले ताण्डव नृत्य देखाएको छ, लोकतान्त्रिक पार्टीको नाम दिने कांग्रेसले सभामुखविरुद्ध आवाज उठाउने, सत्तापक्षको कुर्सीमा बस्न जाने, पूर्व प्रधानमन्त्रीसँग अभद्र व्यवहार गर्ने जस्ता क्रियाकलाप गर्न थालेको छ ।’
Advertisement
उपाध्यक्ष पौडेलले थप भने, ‘लोकतन्त्रमा बहुमतले सरकार चलाउने अल्पमत प्रतिपक्षमा वस्ने हो तर यहाँ अल्पमतले वहुमत माथि निर्देशन दिने जस्ता गतिविधि हुन थालेका छन् । लोकतन्त्रमा अल्पमतको कुरा सुनिन्छ तर अल्पमतले शासन गर्दैन, निर्देशन दिँदैन र मानिँदैन यो ख्याल गर्नुपर्छ ।’
देश निर्माणको अभिभारा एमालेले लिने भन्दै उनले आउँदो निर्वाचनबाट एमालेले वहुमतको सरकार बनाउने विश्वास व्यक्त गरे । उपाध्यक्ष पौडेलले अहिलेको सरकारले ठुला र दीर्घकालीन काम गर्न नसक्ने भन्दै उनले देशको काचुली फेर्ने गरी काम गर्न एमालेको एकल सरकार आवश्यक पर्ने बताए ।
टिप्पणीहरू