१३ जेठ, नवलपरासी । पश्चिम नवलपरासीमा भालुको आक्रमणबाट एक महिला गम्भिर घाईते भएकी छन् ।
बर्दघाट नगरपालिका वडा नं. २ संसारकोट बस्ने ओम बहादुर खाम्चाको श्रीमति वर्ष २५ की खिममाया खाम्चा घर भन्दा २ किलोमिटर पुर्व जङ्गलमा निउरो टिप्न जाँदा दिउँसो भालुले आक्रमण गरेर घाइते बनाएको हो ।
Advertisement
भालुको आक्रमणबाट घाइते भएकी महिलाको उपचारको लागी चिसापानी अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको थियो । हाल खाम्चाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिए ।
टिप्पणीहरू