Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मालपोत कार्यालय तौलिहवाका सुब्बा घुस रकम सहित पक्राउ

    २५ बैशाख, कपिलवस्तु । कपिलवस्तु जिल्लाको भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवामा कार्यरत सुब्बा घुस सहित पक्राउ परेका छन ।

    मालपोतका नायब सुब्बा नरहरी खनालले जग्गा नामसारी गर्ने प्रयोजनार्थ सेवाग्राही सँग घुस माग गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिर्पोट गरेपछि आयोगले स्टिङ अप्रेसन थालेको प्रवक्ता नरहरि घिमिरेले जानकारी गराए ।

    Advertisement

    आयोगको बुटवलबाट खटिएको टोलीले नायब सुब्बा खनाललाई सेवाग्राहीबाट तीस हजार रुपैयाँ घुस रकम लिईसकेको अवस्थामा नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले जानकारी गराए ।

    उक्त रकमसहित भूमिसुधार तथा मालपोत कार्यालय तौलिहवा कर्मचारी आवासबाट नियन्त्रणमा लिएको र उनी माथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको हो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    बागेश्वरी मन्दिरको पार्किङ परिसरमा मेला लगाउनु प्रति तपाईंको राय के छ ?





    Translate »