८ बैशाख, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरेको आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै काठमाण्डौ महानगरपालिकाले जरिवाना तिर्न पत्र पठाएको छ । महानगरले शुक्रबार राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाएको हो ।
पार्टीलाई ५ हजार २२२ रुपैयाँ ८१ पैसा जरिवाना वैङ्क दाखिला गर्न पत्र पठाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ९७ बमोजिम ट्राफिक आइल्याण्डमा पुगेको क्षतिको मर्मत गर्न २२२ रुपैयाँ ८१ पैसा र आन्दोलनका क्रममा जताततै फोहर गरेकोले फोहरमैला व्यवस्थापन ऐन २०६८ को दफा ३९ (१) बमोजिम ५ हजार रुपैयाँ जरिवाना तोकिएको पत्रमा उल्लेख छ ।
Advertisement
पत्रमा, क्षतिपूर्ति र जरिवानावापतको रकम वैङ्क दाखिला गर्न खाता नं. उपलब्ध गराइएको छ ।
पार्टीले चैत २७ गते भृकुटीमण्डप केन्द्रीत आन्दोलनको कार्यक्रम गरेको थियो ।
टिप्पणीहरू