८ बैशाख, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विभाजन, घेराबन्दी र चौतर्फी आक्रमणका बाबजुद एमाले राष्ट्रिय राजनीतिको मियोको रूपमा अक्षुण्ण रहिरहेको तथ्यले जनविरोधी तथा अन्य शक्तिलाई पिरोलिरहेको बताएका छन ।
ललितपुरको गोदावरीमा शनिबारदेखि शुरु भएको राष्ट्रिय प्रतिनिधि परिषद्को पहिलो बैठकमा सम्बोधन गर्दै उनले चौतर्फी आक्रमण भए पनि पार्टी अहिले राष्ट्रिय राजनीतिको मियो रूपमा अक्षुण्ण रहेको दाबी गरेका छन् ।
Advertisement
उनले भने, ‘विभाजन, घेराबन्दी र चौतर्फी आक्रमणका बाबजुद एमाले राष्ट्रिय राजनीतिको मियोको रूपमा अक्षुण्ण रहिरहेको तथ्यले जनविरोधी तथा अन्य शक्तिलाई पिरोलिरहेको छ। यति वेला उनीहरू एमाले पार्टीविरुद्ध दुईवटा अस्त्र चलाइरहेका छन्’, ओलीले प्रतिवेदन पेश गर्दै भने, ‘मिथ्या र भ्रामक सूचनाको आक्रमण र पार्टी एकतामा भाँजो हाल्न सकिन्छ कि भनेर चर खोज्ने प्रयास ।’
उनले थप भने, ‘यति वेला पार्टीमा नीति र नेतृत्वको विषयमा कुनै विवाद छैन । त्यहीपनि अनुचित महत्त्वाकांक्षा बढ्दै गएर तीनले गुटबन्दीको रूप लिन नपाउन् र लोकतन्त्रिक अभ्यास गर्दा त्यसले अराजतकताको रूप लिन नपाओस् भन्नेतर्फ सजग हुनुपर्छ ।’
















टिप्पणीहरू