३१ असार, काठमाडौं । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य एवं विकास न्युज डटकमका प्रधानसम्पादक रामकृष्ण पौडेललाई समाचारको विषयलाई लिएर मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ज्यान मार्ने धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।
असार २९ गते शुक्रबार बेलुका ६ः५५ बजे मेडिकल व्यवसायी प्रसाईले ९८०१०५२२२२ नम्बरबाट फोन गरी धम्कीपूर्ण शब्द प्रयोग गरेर पत्रकार पौडेललाई धम्क्याएको महासंघ ललितपुर शाखाले जनाएको छ ।
Advertisement
संप्रेषित समाचार प्रति चित्त नबुझे या कुनै गुनासो भए त्यसउपर कानुनी उपचारमा जानसकिने स्थापित पद्धति र प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रता माथिको ठाडो प्रहार हो । महासंघ पत्रकारलाई हतोत्साहित र आतंकित पार्ने यस्तो धम्कीको भत्र्सना गरेको महासंघक सचिव गोविन्दप्रसाद चौलागाईले जानकारी दिए ।
पत्रकारलाई दिइएको यो धम्की सार्वजनिक रूपमा फिर्ता लिई संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान गर्न र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य नदोहोर्याउन सम्बन्धित व्यक्तिको ध्यानाकर्षण गराउँदै महासंघ पत्रकार सुरक्षामा गम्भीर भई पत्रकारलाई निर्धक्क र स्वतन्त्र रूपमा सञ्चार कर्ममा जुट्ने वातावरण निर्माण गर्न सरकारसँग महासंघले जोडदार माग गरेको छ ।
















टिप्पणीहरू