Close sidebar
  • ताजा
  • लोकप्रिय
  • प्रतिनिधिसभा बैठक आज बस्दै, सम्भावित कार्यसूची सहित

    १२ जेठ, काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ।

    संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३ औँ बैठक बस्न लागेको हो । बैठक ११ बजे सुरु हुनेछ।

    Advertisement

    आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ।

    ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आव २०८० ८१ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम माथिको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ।

    Advertisement

    त्यसअघि नीति तथा कार्यक्रममा बोल्न बाँकी सांसदहरूले धारणा राख्नेछन्। प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा उल्लेख छ।

    राष्ट्रियसभाले बुधबार नै नीति कार्यक्रम बहुमतले पारित गरिसकेको छ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »