Close sidebar
  • ताजा
  • लोकप्रिय
  • नाबालिकालाई सामाजिक सञ्जालमार्फत दुर्व्यवहार गर्ने पक्राउ

    १२ जेठ, काठमाडौं । नाबालिकालाई सामाजिक सञ्जाल मार्फत दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    डोटी दिपायल सिलगढी नगरपालिका-१३ ठेगाना भएका ३२ वर्षीय पदम बहादुर खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

    Advertisement

    पीडितले सामाजिक सञ्जालमा राखेको तस्बिर डाउनलोड गरी उक्त तस्बिर राखी नक्कली प्रोफाइल बनाई तस्विरलाई सम्पादन गरी अश्लील बनाई अपलोड गरेको र पीडितलाई भाइरल बनाउँछु भन्दै सम्पादित तस्विरहरू पीडित लगायतका साथीहरूलाई समेत पठाई दुःख, हैरानी तथा मानसिक तनाव दिने कार्यमा संलग्न खड्का साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा काठमाडौंबाट पक्राउ गरेको हो ।

    उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »