Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राप्तीसोनारी ६ मा उद्धघोषण तथा पत्रकारिता तालिम दिईदै

    ५ जेठ, बाँके । बाँकेको राप्तीसोनारी गाँउपालिकामा उदघोषण तथा पत्रकारिता तालिम शुरू भएको छ ।

    सलाम मिडिया प्रा. ली.को आयोजना, नील खबर अनलाईन मिडिया प्रा.लि. को सहजिकरण तथा राप्तीसोनारी गाउँपालिका वार्ड नं. ६ को आर्थिक सहयोगमा सात दिने तालिम शुरू भएको आयोजकले जनाएको हो ।

    Advertisement

    शुक्रबार एक उद्धघाटन समारोह पश्चात शुरु भएको तालिमका सहभागीहरुलाई उदघोषण र पत्रकारिता विषयक प्रशिक्षण गरिने आयोजकले जनाएको हो ।

    तालिममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, रामु ओली लगायतले प्रशिक्षण गरिरहेका छन । प्रशिक्षक अनुसार ३० जना सहभागी रहेका प्रशिक्षार्थीहरुलाई तालिममा उद्धघोषण गर्ने सिप सिकाउने, समाचार लेखन, पत्रकारिताको मुल धर्म लगायतका बिषयमा प्रशिक्षण गर्ने जिम्मेवारी पाएका छन ।

    Advertisement

    उद्धघाटन समारोहमा राप्तीसोनारी गाँउपालिका वडा नं.६ का वडाध्यक्ष लवराज खरेल, सिद्धेश्वर क्याम्पस सिधनवाका प्रमुख टेकराज पंगक्ती लगायतको उपस्थिति रहेको थियो ।

    मिडिया पार्टनरमा नील खबर अनलाईन मिडिया प्रा.लि. द्वारा सञ्चालित नाईल खबर डट कम रहेको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »