६ जेठ, बाँके । बाँकेको नेपालगञ्जमा ड्युटीमा खटिएका ट्राफिक प्रहरी कुटिएका छन् । उक्त घटनाको चौतर्फी आलोचना भएको छ ।
शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका-१७ परस्पुरमा गरिरहेको ट्राफिक चेकिङमा खटिएका प्रहरी सहायक निरीक्षक जंगबहादुर बस्नेत ड्युटीमा खटिएकै अवस्थामा त्यहाँका स्थानियहरुबाटै कुटिएका हुन् ।
Advertisement
परसपुरमा खटिएका बस्नेत सहितको टोली माथी कुटपिट भएपछि घटनामा संग्लनहरु बिरुद्ध प्रहरीले कार्वाहीको दायरा फराकिलो बनाएको बुझिएको छ ।
प्रहरी अनुसार साझँ ५ बजेसम्म चेकिङ गरिसकेपछि कार्यालय फर्कनै लाग्दा भे ११ प १२५५ नम्बरको बुलेट मोटरसाइकलमा सवार स्थानिय मेराज शेषले ट्राफिक चेकिङ भईरहेको देखेपछी कारबाहीमा पर्ने डरले आत्तिएर मोटरसाइकल फर्काएर तीव्र गतिमा कुदाएका थिए ।
Advertisement
तीब्र गतिका कारण नियन्त्रणमा लिननसकेपछी मोटरसाइकल दुर्घटना हुनपुगेको थियो । घाईते भएका शेषलाई उद्धार गर्न जादा त्यहाँ उपस्थित केही व्यक्तिहरूले आफूहरुमाथि आक्रमण गरेको प्रहरी सहायक निरीक्षक बस्नेतले जानकारी दिए ।
आक्रोशित भिडलाई सम्झाईबुझाई गरेर अवस्था नियन्त्रण गर्न खोज्दा केही व्यक्तिहरुले घरेलु हतियार हँसिया र भाटाले आफूहरू माथि प्रहार गर्न थालेको प्रहरीले जनाएको छ ।
Advertisement
स्थानीयले हतियारले आक्रमण गर्दै लखेटेपछि प्रहरी खेततर्फ भागेका थिए । ज्यान बचाउन भाग्दै गरेका उनीहरूलाई प्रहरी पोष्ट अगाडि पुगेपछि मात्रै स्थानीयले पछि हटेका थिए ।
सडकमा चेकिङ गर्दा नियम उल्लंघन गरेर सवारी चलाउनेहरूलाई बाधा भइरहेकै कारण प्रहरी माथी आक्रमण गरिएको बुझिएको छ । उक्त स्थानमा नियम उलंघन गर्दै बिना हेल्मेट सवारी साधनहरु प्रयोग भईरहेको दृश्य हेर्न सकिन्छ ।
Advertisement
उक्त घटना पश्चात यति बेला घटना घटाउने विरुद्ध प्रहरी संगठनले अनुसन्धानलाई कडा रुपमा अगाडी बढाएको आन्तरिक श्रोतले जनाएको छ ।

















टिप्पणीहरू