४ जेठ, बाँके । मुस्लिम जर्नलिस्ट क्लब नेपालले बिहीबार नेपालगञ्जमा आयोजना गरेको एक बृहत्त कार्यक्रम बीच बाँकेका सात जना वरिष्ठ व्यक्तित्वहरुलाई अन्तर्राष्ट्रिय सेवा सम्मानबाट सम्मानित गरिएको छ ।
‘मुस्लिम समुदायको सवाल विषयक अन्तरक्रिया र सम्मान कार्यक्रम’ मा सो सम्मान प्रदान गर्नुका साथै बाँकेमा विजयी भएका १ सय ३० जना मुस्लिम जनप्रतिनिधिहरुका साथै दलहरुमा जिम्मेवारी पाएका मुस्लिमहरुलाईलाई मायाको चिनो प्रदान गरेर सम्मानित गरिएको मुस्लिम जर्नलिस्ट क्लब नेपालका अध्यक्ष आलम खानले जानकारी गराए ।
Advertisement
मुस्लिम जर्नलिस्ट क्लबको संयोजनमा एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसियसन क्यालिफोर्निया अमेरिकाद्वारा बरिष्ठ पत्रकार सिराज खान र डा. डक्ट प्रसाद धिताललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा सम्मान २०२३’, वरिष्ठ समाजसेवी तथा राजनितिज्ञ मोहम्मद हारुनलाई ‘अन्तर्राष्ट्रिय समाज सेवा सम्मान २०२३’, वरिष्ठ वालरोग विशेषज्ञ डा. सकिल अहमदलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा सम्मान २०२३’, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह र पुर्व जनप्रतिनिधि शफिक बेहनालाई ‘अन्तर्राष्ट्रिय जन सेवा सम्मान २०२३’, र महेन्द्र मावि मटेहियाका प्रधानाध्यापक तुलसा शाहलाई ‘अन्तर्राष्ट्रिय शिक्षा सेवा सम्मान २०२३’ बाट सम्मानित गरिएको हो ।
कार्यक्रममा पुर्वमन्त्री मोहम्मद ईश्तियाक राईले सम्मानित हुनेहरुलाई सम्मानपत्र प्रदान गर्नुका साथै दोसल्ला ओढाएर सम्मान गरे । सो अवसरमा उनले बाँकेमा निर्वाचित भएका मुस्लिम जनप्रतिनिधिहरुलाई मायाको चिनो प्रदान गरेर सम्मान गरनए ।
Advertisement
सम्मानित हुने जनप्रतिनिधिहरुमा लुम्बिनी प्रदेशसभाका सदस्यहरु सायरा बाने, मिना सिद्दिकी, नेपालगञ्ज उपमहानगरका उपप्रमुख कमरुद्दीन राई, नरैनापुर गाउँपालिकाका अध्यक्ष ईश्तियाक अहमद शाह लगायतका विजयी जनप्रतिनिधिहरु रहेका छन ।
सो अवसरमा बोल्दै पुर्वमन्त्री राईले मुस्लिम समुदायको उत्थानका लागि समुदायमा एकतासंगै चेतना बृद्धि गरेर अगाडी बढ्नुपर्नेमा जोड दिए । उनले राजनितिक विचारधारा फरक भएपनि समुदायको उत्थान र भलाईका लागि सबैले एकजुट हुनु आवश्यक रहेको बताए । उनले मुस्लिमहरुको अधिकार स्थापित गराउनका लागि दलीय राजनिति भन्दा माथि उठेर मुस्लिम जर्नालिष्ट क्लब नेपालको नेतृत्वमा अगाडि बढन सबैलाई सुझाव दिए ।
Advertisement
कार्यक्रममा क्लबका अध्यक्ष आलम खानले मुस्लिमहरुलाई अधिकारबाट बञ्चित गर्ने गरी वर्तमान राजनितिक दलहरु लागी परेकोले उक्त दलहरुसंग सचेत भएर अधिकारको लडाईमा लाग्न अपिल गरे । उनले मुस्लिम पत्रकारहरुलाई समेत नेपाल पत्रकार महासंघ जस्तो साझा संस्थाले बेवास्ता गर्दै आएको कार्यको बिरोध गर्दैै मुस्लिमहरुको छुट्टै कोटा निर्धारण गर्न आग्रह गरे । अध्यक्ष खानले मुस्लिमहरुको मुद्दा आफूहरु गम्भीर रहेको र भविष्य नेतृत्वदायी भूमिका लिएर अगाडि बढ्ने बताए ।
कार्यक्रममा संविधानसभाका सदस्य अब्दुल हमिद सिद्दिकी, नेकपा एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन, लुम्बिनी प्रदेश सभाका सदस्य मिना सिद्दिकी, वरिष्ठ मुस्लिम अगुवाहरु अतहर हुसैन फारुकी, शकिल अहमद जरगर, शकिल अहमद कादरी, शकिल खान, रहमान मिया, नरैनापुर गापा अध्यक्ष ईश्तियाक अहमद शाह, देउराली फाउण्डेशनका अध्यक्ष भिम घिमिरे, कार्यकारी निर्देशक बुद्धि विश्वकर्मा, जियाउल हक, याकुब अन्सारी र मुस्लिम संघ बाँकेका अध्यक्ष सुफियान खान लगायतले समुदायका सवाल र त्यसको समाधान बारे आआफ्ना धारणा राखेका थिए ।
Advertisement
मुस्लिम जर्नालिष्ट क्लबको आयोजना, एनआरएनए क्यालोफोर्निया, देउराली फाउण्डेशन र मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रको सहकार्यमा भएको कार्यक्रमको संचालन असलम भाटले गरेका थिए ।

















टिप्पणीहरू