Close sidebar
  • ताजा
  • लोकप्रिय
  • संघीय संसद अन्तर्गत २ वटा समितिको बैठक बस्दै

    ९ असार, काठमाडौँ । संघीय संसद अन्तर्गत रहेको विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

    आज अर्थ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) को बैठक बस्न लागेको हो ।

    Advertisement

    सोमबार बिहान ९ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा आर्थिक विधेयक मार्फत सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घले दिएको निवेदनमा छलफल गर्ने कार्यसूची छ ।

    बैठकमा बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा आन्तरिक छलफल हुनेछ ।

    Advertisement

    यस्तै, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ ।

    बैठकमा समितिको वार्षिक प्रतिवेदन, २०८२ को मस्यौदा, समितिको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदन तथा समसामयिक विषयमा छलफल गर्ने कार्यसूची छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »