Close sidebar
  • ताजा
  • लोकप्रिय
  • फिसिङ लिङ्क पठाई ईसेवाबाट ४ हजार जनाको १ करोड बढी चोरी, २२ वर्षीय युवा पक्राउ

    प्रतिकात्मक तस्बिर

    ३ बैशाख, काठमाडौँ । फिसिङ लिङ्क पठाई ईसेवाको रकम चोरी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् ।

    काठमाडौँ अनामनगर बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

    Advertisement

    विभिन्न व्यक्तिहरूलाई एसएमएस मार्फत फिसिङ लिङ्क पठाई खाता सस्पेन्ड हुन लागेको भनी चेतावनी दिई भेरिफाईको लागि लिङ्क खोल्न लगाई ईसेवामा अनधिकृत पहुँच पुर्‍याई ४ हजार भन्दा बढी व्यक्तिहरूको ईसेवामा रहेको मौज्दात रकम पशुपति ग्लोबल इनोभेसन प्रा.लि.को खाताहरूमा १ करोड २ लाख रुपैयाँ बराबरको रकम ट्रान्सफर गरी रकम चोरी गर्ने कार्यमा संलग्न उनलाई पक्राउ गरेको केन्द्रीय प्रहरीले जनाएको हो ।

    उनलाई काठमाडौँं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ कालीमाटीबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »