१३ चैत्र, बाँके । बाँकेको नरैनापुर गाउँपालिकाका आगलागि प्रभावितलाई राहत वितरण गरिएको छ ।
नरैनापुर गाउँपालिका वडा नं ४ जयरामपुरवाका आगलागी प्रभावित परिवारहरूलाई नेपाल रेडक्रस सोसाइटीले गैरखाद्य राहत सामग्री वितरण गरिएको छ ।
Advertisement
उक्त आगलागीबाट १७ घरपरिवार प्रभावित भएका थिए । ती परिवारलाई नेपाल रेडक्रस सोसाइटी गङ्गापुर उपशाखाको अगुवाइमा राहत वितरण गरिएको हो ।
वितरण गरिएको सामग्रीहरूमा त्रिपाल, भाँडावर्तन र लत्ता कपडा रहेको छ ।
Advertisement
वितरण कार्यक्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष, वडाअध्यक्ष, सुरक्षा निकाय र नेरेसो गङ्गापुर उपशाखाका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
टिप्पणीहरू