Close sidebar
  • ताजा
  • लोकप्रिय
  • विभिन्न व्यक्तिको बैंक खाता खोलेर मोबाइल बैंकिङ मार्फत ठगी गर्ने ३ जना पक्राउ

    २९ फाल्गुन, बाँके । विभिन्न व्यक्तिको बैंक खाता खोलेर मोबाइल बैंकिङ मार्फत ठगी गर्ने तीन जनालाई बाँके प्रहरी नियन्त्रणमा लिएको छ ।

    कोहलपुर नगरपालिका वडा नं. ११ बाट हुम्ला जिल्लाको ताजाकोट नगरपालिका २ का १९ वर्षिय हरिकेश जैसी, १८ वर्षमुनिका बालक र कैलालीको गौरीगंगा नगरपालिका ११ दम्मारीपुरका २३ वर्षिय निरन्जन चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
    जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    Advertisement

    प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरुले विभिन्न बैंकमा अन्य व्यक्तिहरुको खाता आफैले खोली सो खाताको मोवाईल बैंकिङलाई एनसेल सिम मार्फत ओटिपी माग गरी आफैले नियन्त्रण गर्ने गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । उनीहरुले सामाजिक सञ्जाल मार्फत विभिन्न व्यक्तिहरुलाई प्रलोभन देखाएर रकम माग गरेर कियू आर मार्फत आएको रकम तुरुन्तै छुट्टै बैंकमा रहेको खातामा ट्रान्सफर गर्ने गरेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी गराए ।

    उनीहरुको साथबाट फरक फरक व्यक्तिको नाममा खोलीएको खाताको चेकबुक, एटिएम, विभिन्न फर्म तथा संस्थाका छाप, ९७ थान एनसेल सिम, विभिन्न व्यक्तिको नामबाट खोलिएको कम्पनी दर्ता प्रमाणपत्र, पेन कार्ड, आन्तरिक राजश्वको कर चुक्ता प्रमाणपत्र समेत बरामद भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »