Close sidebar
  • ताजा
  • लोकप्रिय
  • मिथिला मध्यमा परिक्रमाः धार्मिक यात्रामा नेपाल–भारत खुला सीमाले सहज

    २ चैत्र, जनकपुरधाम । १५ दिनदेखि जारी मिथिला मध्यमा परिक्रमा शुक्रबार जनकपुरधाम फर्किएसँगै सम्पन्न भएको छ । लाखौं श्रद्धालु, साधु–सन्त तथा भक्तजन सहभागी यस धार्मिक यात्रामा नेपाल–भारत खुला सीमाले सहजता प्रदान गरेको देखिएको छ ।

    नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपाल धनुषाले परिक्रमा अवधिभर नेपालमा पर्ने बासाहरुमा दिपक यादव संयोजक, रुबी झा सहसंयोजक, कृष्ण कुमार साह र धनेश्वर ठाकुर सदस्य रहने गरि समिति बनाइ हेल्प डेस्क सञ्चालन गर्दै यात्रुहरूको सेवा गरेका थिए ।

    Advertisement

    सो शिविरबाट प्राथमिक उपचार, पानी, हराएका यात्रुहरूको खोजी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइएको थियो ।

    क्लोथ बैंकका कार्यकारी सदस्य एवं समाजसेवी संजीव झाका अनुसार शुक्रबार भक्तजनहरूले जनकपुरधाममा ‘अन्तरगृह परिक्रमा’ अर्थात् ‘पञ्चकोशी परिक्रमा’ गरेका थिए । यो परिक्रमामा माध्यमिकी परिक्रमामा सहभागी हुन नसकेका भक्तजनहरू समेत सामेल हुने गर्छन् ।

    Advertisement

    धार्मिक मान्यताअनुसार, मिथिला बिहारी र किशोरीजीको डोलासँगै परिक्रमा गर्दा भक्तजनहरू विभिन्न रोग, कष्ट तथा समस्याबाट मुक्त भई मनोकामना पूर्ण हुने विश्वास गरिन्छ ।

    १३३ किलोमिटरको आस्था यात्रा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालुहरूले १३३ किलोमिटर लामो यात्रा तय गरेका थिए । यो यात्रामा धनुषाको हनुमाननगर, बिहारको कलना (कल्यानेश्वर), फुलहर (गिरिजास्थान), महोत्तरीको मठिहानी, जलेश्वर, मडैई, ध्रुवकुण्ड, कञ्चनवन, पर्वता, धनुषाधाम, सतोखर, औरही हुँदै पुनः भारतको करुणा, विसौल हुँदै जनकपुरधाम फर्कने मार्ग समेटिएको थियो ।

    Advertisement

    बुद्धिजीवी एवं पुर्व सरकारी अधिकारी नन्दकुमार झाका अनुसार परिक्रमामा नेपाल–भारत खुला सीमाको भूमिका अपरिहार्य रहेको छ । नेपाल–भारत खुला सीमाले भक्तजनहरूको आवतजावतलाई सहज बनाएको थियो । धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीका साथै भारतको सितामढी, मधुबनी, दरभंगा, झंझारपुर, सुपौल लगायतका स्थानहरूबाट आएका श्रद्धालुहरूले सीमावर्ती क्षेत्रको धार्मिक सहअस्तित्वको लाभ उठाएका थिए ।

    नेपाल–भारत खुला सीमा संवाद समूहका अध्यक्ष डा.राजीव झाका अनुसार परिक्रमा मार्गमा रहेका सीमावर्ती क्षेत्रहरूमा सांस्कृतिक सम्बन्ध अझै प्रगाढ भएको छ । भक्तजनहरूको सहजता सुनिश्चित गर्न हेल्प डेस्क स्थापना गरिएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »