पुष्कर खड्का
२८ फाल्गुन, काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–७ मुलपानीबाट अमरसिंह थापा चोक जाने सडकमा करेन्ट लागेर गए राति टिपरका सहचालकको मृत्यु भएको छ ।
बा प्र ०३-००१ ख १३३८ नम्बरको टिपरबाट बालुवा खन्याउने क्रममा बिजुलीको खम्बाको तार सर्ट भई करेन्ट लागेर गम्भीर घाइते भएका रामेछाप मन्थली नगरपालिका–७ का १५ वर्षीय सहचालक सुमन खड्का घाइते भएका थिए ।
Advertisement
उनलाई तत्काल उपचारका लागि शङ्खरापुर अस्पताल नारायणटार तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी जानकारी दिएको छ। प्रहरीले टिपर चालकलाई नियन्त्रणमा लिई यस विषयमा थप आवश्यक अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू