Close sidebar
  • ताजा
  • लोकप्रिय
  • शेरबहादुर देउवाको स्वागतमा लगाइएको झण्डा आन्दोलनरत विद्यार्थीले हटाए

    २५ फाल्गुन, धनगढी । धनगढीमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा लगाइएको झण्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन् ।

    सोमबार देखि सुरु हुने नेपाली काँग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्घाटन गर्न काँग्रेस सभापति देउवा सहितका नेताहरू सहभागी हुने भएपछि नेविसंघका विद्यार्थीहरूले सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए ।

    Advertisement

    तर प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा आन्दोलनरत विद्यार्थीले ती झण्डा हटाएका हुन् ।

    उनीहरूले झन्डा हटाउँदा नेविसंघका विद्यार्थीले विरोध गरेका थिए । त्यस क्रममा केही समय सडक अवरुद्ध भएको थियो ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »