Close sidebar
  • ताजा
  • लोकप्रिय
  • राजावादीहरुको शक्ति प्रदर्शन, त्रिभुवन विमानस्थलको सुरक्षामा कडाइ

    nepalkhabar

    २५ फाल्गुन, काठमाडौँ । त्रिभुवन विमानस्थलको सुरक्षा व्यवस्थापनमा कडाइ गरिएको छ । पोखराबाट काठमाडौं फर्किने तयारीमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्ने तयारी भएपछि विमानस्थल क्षेत्रमा कडाई गरिएको हो ।

    हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अरूलाई एयरपोर्ट भित्र प्रवेशमा निषेध लगाइएको छ ।

    Advertisement

    प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि महाराजगन्जस्थित निर्मल निवाससम्मको क्षेत्रलाई उच्च सुरक्षा संवेदनशील मान्दै सुरक्षा व्यवस्था कडा पारेको हो ।

    कुनै किसिमको हुलहुज्जतपूर्ण, गैरकानूनी तथा सामाजिक मर्यादा विपरीतका कार्य हुन नदिन विमानस्थल वरपर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ ।

    Advertisement

    पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं फर्किंदा राजावादीहरूले भव्य स्वागत गर्ने तयारी गरेका छन् ।

    अपराह्न साढे ३ बजे समिट एयरको चार्टर्ड उडानबाट काठमाडौं आउन लागेका उनलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायत दलका कार्यकर्ता र राजतन्त्र समर्थकहरुले भव्य स्वागतको तयारी गरेका छन्।

    Advertisement

    अहिले त्रिभुवन विमानस्थलबाहिर ठूलो संख्यामा भीड जम्मा भएको छ ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »