२५ फाल्गुन, बाँके । माटोको भाडा बनाएर जिविको पार्जन गर्दै आएका कुम्हाल समुदायलाई नेपालगञ्ज उपमहानगरपालिकाले मेशिन वितरण गरेको छ ।
पुर्ख्यौली पेशालाई निरन्तरता दिदै आएका कुम्हाल र कसगढ समुदायमा निःशुल्क इलेक्ट्रनिक मेशिन उपलब्ध गराएको उपमेयर कमरुदिन राईको सचिवालयले जनाएको हो ।
Advertisement
हाल सम्म माटोको भाडा बर्तन, कुज्जा, घैटा बनाउन परम्परागत चर्खाको प्रयोग गर्दै आएकोमा उनीहरुको सम्मान गर्दै नेपालगञ्ज उपमहानगरपालिकाले निःशुल्क रुपमा इलेक्ट्रनिक उपकरण उपलब्ध गराएको छ ।
उक्त समुदायले आगामी दिनमा अझ प्रभावकारी र सहज तरिकाले माटोको सामाग्री उत्पादन गर्ने अपेक्षा गरिएको छ ।
Advertisement
एक कार्यक्रम बीच नेपालगञ्जका मेयर प्रशान्त विष्ट, उपमेयर कमरुदिन राई, प्रशासकीय अधिकृत ओम बहादुर खड्का लगायतको उपस्थितिमा उपकरण हस्तान्तरण गरिएको हो ।
टिप्पणीहरू