Close sidebar
  • ताजा
  • लोकप्रिय
  • सामाजिक सञ्जाल विधेयक मिडियालाई नियन्त्रण गर्न नभई अराजकता घटाउनः भानुभक्त ढकाल

    २४ फाल्गुन, काठमाडौँ । नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं जनसङ्गठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकालले सामाजिक सञ्जाल विधेयक मिडिया क्षेत्रको नियन्त्रण गर्न नभई अराजकता घटाउन ल्याउन लागिएको बताएका छन ।

    प्रेस चौतारी नेपाल उपत्यका प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोमा उहाँले विधेयकमा भएका कमजोरी सच्याउन आफूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।

    Advertisement

    उनले भने, ‘बलियो सरकार भएकै बेला सच्याउँ र कार्यान्वयनमा ल्याउँ, बलियो सरकार भएकै बेला काम गर्न सकिएन भने पछि गर्न सकिँदैन ।’

    वर्तमान सरकार कसैले डोरी लगाएर ताने पनि २०८४ सम्म नढल्ने नेता ढकालले बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार २०८३ असारमा र २०८४ को निर्वाचनपछि कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार ढल्ने स्पष्ट पारे ।

    Advertisement

    दुई नेता देउवा र ओलीको समझदारी भएसम्म कसैले बोल्दैमा फरक नपर्ने स्थायी कमिटी सदस्य ढकालले बताए । आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनलाई स्वस्थ र मर्यादित बनाउन मिडियाबाट सहयोगका लागि उनले आग्रह गरे ।

    स्थायी कमिटी सदस्य तथा केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले लोकतन्त्रका लागि स्वतन्त्र मिडिया आवश्यक रहेको बताए । उनले त्यसैले सामाजिक सञ्जाल विधेयक लोकतन्त्रको पक्षमा र मिडियाको पक्षमा हुने बताए ।

    Advertisement

    कर्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, एमाले बाग्मती प्रदेशका उपसचिव भक्तकुमारी लामा लगायतले सम्बोधन गरेका थिए ।

    Advertisement

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    तीनकुनेमा भएको राजावादीको आन्दोलन घटनालाई तपाईं कसरी हेर्नुहुन्छ ?





    Translate »