२४ फाल्गुन, बाँके । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई बलियो बनाउनका लागि वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिएको बताएका छन ।
नेकपा (एमाले) स्थानीय विकास विभागले शनिबार नेपालगञ्जमा आयोजना गरेको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट उम्मेदवार हुनेहरूलाई सम्मान तथा अभिमुखीकरण कार्यक्रममा उनले जरा केन्द्रित अभियान र मिसन–२०८४ ले एमालेलाई अझ सशक्त शक्तिका रूपमा स्थापित गर्ने बताए ।
Advertisement
महासचिव पोखरेलले नेकपा (एमाले)लाई निर्णायक शक्ति निर्माण गर्ने यात्रामा स्थानीय तहका पूर्वजनप्रतिनिधिका साथै युवा वर्गको योगदान हुनेमा आफू विश्वस्त रहेको बताएका छन ।
सुदृढ राजनीतिक दलबाट नै राष्ट्र निर्माण हुने उनको तर्क थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आफ्नो दल क्रियाशील रहेको उनको अभिमत थियो ।
Advertisement
नेकपा (एमाले) बाँके स्थानीय विकास विभाग प्रमुख मीन मल्लको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सूर्य ढकाल, दीपा शर्मा, शान्ति ढकाल, मोहम्मद हारुन हलवाई, पशुपतिदयाल मिश्रा सहभागी थिए ।
टिप्पणीहरू