१६ फाल्गुन, बाँके । बाँकेका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) खगेन्द्र प्रसाद रिजाल माथि कक्षा १० एसईई परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसंग सौदावाजी गरेको आरोप लागेको छ ।
गृह मन्त्रालयमा बिहीबार सरुवा भएको खबर पछि कोहलपुरका मेयर पुर्ण आचार्यले आज एक स्ट्याटस मार्फत प्रजिअ रिजाललाई संस्थागत विद्यालयसंग सौदावाजी गरेको आरोप लगाएका हुन ।
Advertisement
मेयर आचार्यले प्रजिअ रिजाललाई राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भएको र उनले समाज चौपट गरेको उदाहरण दिएको बताएका छन ।
मेयर आयार्यले लेखेका छन, ‘राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भयो, बाँके जिल्लाका सिडियो साबको सरुवा भएको खबर छ । सरुवा भई जादाँजादैँ कक्षा १० को एसइइ परीक्षा केन्द्र निर्धारण गर्दा केही संस्थागत विद्यालयसँग राम्रै सौदाबाजी गर्नु भएछ । राज्यको महत्वपूर्ण निकायको एउटा अधिकार प्राप्त व्यक्ति नैतिक रुपमा भ्रष्ट भयो भने समाज कसरी चौपट हुन्छ भन्ने कुराको राम्रो उदाहरण पनि दिन सफल हुनु भएकोमा बधाई छ ।’
Advertisement
उनले थप भनेका छन, ‘अझै लामो समय निजामती सेवामा रहने र माथिल्लो भूमिकामा पुग्ने निश्चित छ त्यसको लागि शुभकामना पनि छ । तर केही गलत प्रवृतीका पात्रसँगको साँठगाँठ र हिमचिमले कोहलपुरको मर्यादित परीक्षा प्रणालिमा धक्का दिन जुन कोशिस गर्नु भयो ईतिहासले धिक्कार्ने नै छ ।’
Advertisement
प्रजिअले अधिकारको चरम दुरुपयोग गरि सौदाबाजी गर्दै विभिन्न विद्यालयका परीक्षा केन्द्रहरु हेरफेर गर्ने बहानामा अनुचित चलखेल समेत गरेको मेयर आचार्यको आरोप छ ।
प्रमुख जिल्ला अधिकारी रिजालले मेयर आचार्यलाई प्रमाण सहित आरोप पुष्टि गर्न चुनौती दिएका छन ।
Advertisement
मेयर आचार्यलाई प्रमाण लिएर आउन भनिसकेको प्रजिअ रिजालले बताए । प्रमाण नल्याए कानूनी कार्वाही गर्ने चेतावनी सकेत दिएका छन ।
प्रजिअ रिजाल बाँकेबाट सरुवा भएर जादाजादैँ विवादित बनेपछि यति बेला सामाजिक सञ्जाल रंगिएको छ ।
टिप्पणीहरू